निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या समाधान नगरेकाले निर्वाचन पछि पुनः एमाले नेतृत्वमा सरकार बन्ने पौडेलले दावी गर्नुभयो ।
उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक ।
नेपाल संवत् ११४३ न्हुदँका सुरुवातको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहनेभएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।
बुटवललाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकार टेक मास्की रानाको बुधवार विहान निधन भएको छ । नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य समेत रहेका पत्रकार रानालाई एक महिना अघि डेंगु संक्रमण भएको थियो ।
तिहार बिदामा पनि नेपाल आयल निगमले देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाएको बताएको छ ।
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको मङ्गलबार दिउँसो डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ ।
बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।