• १४ असार २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले लगाउनुभएन भाइटीका

blog

प्रधानमन्त्री शेरबहादुर देउवा । फायल तस्बिर

काठमाडौँ,  कात्तिक  १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।       

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजया दशमीको टीका पनि लगाउनु भएको थिएन । रासस