• १६ भदौ २०८१, आइतबार

कैदीबन्दीलाई भाइटीका लगाउने अवसर

blog

अमरराज नहर्की

तनहुँ,  कात्तिक १० गते । तिहारमा तनहुँ कारागारका कैदीबन्दीले तीन वर्षपछि भाइटीका लगाउन पाउने भएका छन् । कोरोना सङ्क्रणले गर्दा यसअघि भाइटीका लगाउन नपाए पनि यसपाली लगाउन पाउने व्यवस्था मिलाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो । दशैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । निमित्त प्रमुख अधिकारीका अनुसार दुई सय ९० जना पुरुष र १२ जना महिला कारागारमा छन् । 

‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं’ निमिक्त प्रमुख अधिकारीले भन्नुभयो ।

अभिनेता शाहले पनि बैनीलाई टीका लगाउने 

यसैबीच तनहुँ कारागारमा रहनुभएका अभिनेता पल शाहले बैनीको हातबाट भाइटीका लगाउने हुनुभएको छ । अभिनेता शाहको बैनीले फोन गरेर भाइटीका लगाउन आउने बताएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । 

नवलपुर जिल्ला अदालतले भदौ २१ गते  बलत्कार मुद्दामा शाहलाई सफाई दिएको थियो । यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाय, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो तर तनहुँ जिल्ला अदालतमा अभिनेता शाहको सुनुवाई हुन बाँकी छ ।