हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाउनुभएको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन हुनुभएकामा सो बधाई सन्देश पठाउनुभएको थियो ।
काठमाडौं, कात्तिक ११ गते । साहित्यकार नरेश ज्ञवालीको शब्द रहेको ‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमको आधिकारिक च्यानल 'थानेश्वर गौतम'मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमको संंगीत तथा स्वर रहेको छ भने गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो । भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो ।
संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो ।
काठमाडौं, कात्तिक ११ गते । नेपाली फिल्म ‘महापुरुष’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारहरूले अभिनय गर्नुभएको हो । निर्देशक प्रदीप भट्टराइको निर्देशनमा बनेको फिल्म षट्कोण आर्टसको व्यानरमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ र निर्माता म्याक्स दीपेश खत्री हुन् ।यस्तै, फिल्ममा कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, शिखा तामाङ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय देख्न सकिन्छ ।
करोडौं रुपियाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।
पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।
यसपालिको उज्यालो पर्व तिहार सकिएको छ । हिजो (बिहीबार) भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर भाइटीका मनाएका थिए ।
पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।
महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।
आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १० एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८ प ५०३२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका वार्ड नं. १ बस्ने वर्ष २२ का कृत्रिम रायमाझीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल जानकारी दिनुभयो ।
वर्षाका कारण अवरुद्ध सुर्खेत–जुम्ला सडक खण्ड २१ दिन पछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गते देखि अवरुद्ध भएको सडक कात्तिक १० गते देखि पूर्ण रूपमा खुलेको हो ।
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
चेकजाँचको नाउँमा प्रहरीले सवारीसाधनलाई रोकेर रकम उठाउन कार्यमा लागेको पीडितले आरोप लगाएका छन् ।