तनहुँमा घुमाउने घर देख्ने बित्तिकै दरै जातीको घर हो भन्ने पृथक् पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् । आधुनिक घर बने बन्न थालेपछि हाल घुमाउने (बाटुले) घर विरलै देखिन्छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् । केही वर्ष अघिसम्म जिल्लाका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक–दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ गाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।
भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ ।
लमजुङ कारागारमा विभिन्न मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले कारागारभित्रै तिहार मनाएका छन् । आफ्ना दिदीवहिनीलाई भाइटीका लगाएका छन् ।
दैलेखका केही ग्रामीण क्षेत्रमा भैलो मात्र हैन भोसी अर्थात भास्सी खेल्ने चलन छ । एक बिशेष संस्कृति भोसी खेल्ने परम्परा अझै पनि कायम छ । करिब लोपको अवस्थामा पुगेको यो संस्कृति जोगाउन अहिले युवाहरु सक्रिय भएका छन् ।
भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा लगातार दोस्रो जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५७ रनले हरायो ।
दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन् । बिहीबार बिहानैदेखि रानीपोखरीमा भाइटीका लगाउनेको भीड लागेको थियो ।
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्शाउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौ दिन कात्तिक शुक्ल द्वितीयातिथिमा दाजुभाइको दीर्घायुको कामनासहित भातृद्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात आज बिहीबार बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घरमा आगलागी भएको हो ।
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले टीकाको साइतमा आज विहीबार काठमाडौंको धापासीस्थित आफ्नो निवासमा दिदीवहिनीबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई एक सय चार रनले हरायो ।