नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलबीचको गठबन्धनलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धन दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलल सो आग्रह गर्नुभएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बुमा शुक्रबार एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार थेचम्बु श्यामचौकका राजकुमार माबोकी श्रीमती ४७ वर्षीया निर्मला इजम लिम्बू मृत फेला परेकी हुन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको बताउँदै आँउदो मङ्सिर ४ पछि राष्ट्रबादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व
गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन् हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले समूह नै बनाएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार हनन् हुनेखालका सामग्रीहरू पोष्ट गरिरहे भन्दै आयोगको यस्तो भनाइ आएको हो ।
भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।
यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि मधेश प्रदेश टोलीको घोषणा गरिएको छ ।
कर्णालीको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल आर्थिक वर्ष २०७८–७९ मा फाइदामा गएको छ । देशका अधिकांश विमानस्थल घाटामा गइरहेका बेला सिमकोट विमानस्थल नाफा गर्न सफल भएको हो ।
दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् ।
म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले मोल्दोभाको क्लब एफसी सेरिफलाई ३–० गोलले हरायो ।
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई अपिल गरेको छ ।
बंगलादेशमा यही कात्तिक १५ गतेदेखि सुरु हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको शुक्रबार विदाइ गरिएको छ ।
आईसीसी टी-२० विश्वकपमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा शुक्रबार तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको हो ।