दशैँदेखि हरिबोधनी एकादशीसम्म गाउँघरतिर जताततै देखिने रोटे र लिङ्गेपिङ अचेल विरलै देखिन्छन्। गाउँघरमा पिङ राख्ने चलन घट्दै गएकाले रोटे र लिङ्गे पिङ हराउन थालेकाले विरलै देखिएका हुन्। गाउँघरका चोक, चउर, चौतारामा पिङ राख्ने, साथीसँगी सबै जम्मा भएर सबै भेट्ने थलो बन्ने गरेकोमा अहिले त्यस्तो चलन हराउँदै गएको छ। पहिले भेट्ने थलो पिङ खेल्ने ठाउँ हुने गरेकोमा अचेल पिङ हाल्न छाडेपछि भेट्न परे घरमै पुग्नुपर्ने अवस्था आएको व्यास नगरपालिका–११ पोल्याङ निवासी उत्तम कैनीले भन्नुभयो।
यसपालि तिहारमा मौलिक संस्कृति झल्कने गीत नाचसहितका देउसीभैलो देखिएका छन् । विगत एक दशकभन्दा यसपालिको तिहारमा देउसीभैलोमा वनगारी टप्पा, सोरठी, पैँसेरी जस्ता नाच र देउसीभैलो गाउँमा हेर्न पाइयो । दार्मा गाउँपालिका–२ का लीलाधर उपाध्यायले युवाले पनि परम्परादेखि चल्दै आएको मौलिक गीत र नाचसहित भैलो खेलेको बताउनुभयो ।
कुनै प्रेमीले आफ्नी प्रेमिकालाई हेरेझैँ शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयोग हुने च्याखुराको बासस्थान रहेका डाँडामा डोजरले जथाभाबी सडक खन्दा च्याखुरा सङ्कटमा पर्न थालेको छ । च्याखुरालाई नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ ।
गत असोज १९ देखि २४ गतेसम्म लगातारको वर्षाले सिन्जा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको पाइएको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिन्जा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बाढीपहिरोबाट जुम्लामा एक हजार ९५२ जनसङ्ख्या विस्थापित भएका छन् । जसमध्ये सिन्जा गाउँपालिकाका मात्रै ७२५ जना छन् भने कनकासुन्दरी गाउँपालिकाका
गोदावरी नगरपालिका–१२, ठेचोमा १२ वर्षपछि लक्ष्मीपूजाको दिनमा श्वेतभैरवको नृत्य प्रदर्शन गरिएको छ। नवदुर्गा गणअन्तर्गतको श्वेतभैरव यसअघि २०६७ सालमा नचाइएको थियो। नवदुर्गाको १२ वर्षे जात्रामा मनाइने २८ वटा पर्वमध्ये श्वेतभैरव नाच मुख्य मानिन्छ। यो नाचलाई स्थानीय भाषामा ‘आंग खः प्याखँ’ भनिन्छ। आंग भन्नाले तन्त्रमार्गीहरूले गुप्त रूपमा देवता स्थापना गरिएको घर र खःको अर्थ डबली र प्याखँको नाच हो। आंगलाई इष्टदेवता अथवा मुख्य देवताका रूपमा लिइन्छ। ठेचोको नवदुर्गा नाचका नाइके भक्तलाल माली भन्नुहुन्छ, “आंग भन्नाले ज्ञानको स्रोत पनि हो। यो नाच नवदुर्गाको उत्पत्तिसँग जोडिएको छ।”
आव २०७९/८० को भदौ मसान्तसम्ममा एक लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार भदौ मसान्तसम्ममा ती ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब २३ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा ६० हजार ३०२ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६७ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड रुपियाँ कर्जा बक्यौता रहेको छ।
यस वर्षको दशैँ, तिहार, नेपाल संवत्जस्ता चाडपर्व हाम्रा घरआँगनबाट बिदा भइसकेका छन् र छठ पर्व हाम्रो सामुन्ने छ। यी पर्व मनाउने क्रममा कुनै किसिमका बाधा–व्यवधान सिर्जना नभएकै कारण समग्रमा नेपालीले हर्ष, उमङ्ग तथा उल्लासका साथ मनाए। यी ठूला पर्व बिदा भएसँगै
कुनै पनि वस्तुको प्रयोग मानवीय चाहना परिपूर्तिका लागि गरिन्छ भने त्यसलाई उपभोग गरेको मानिन्छ। त्यही वस्तुको शक्तिलाई प्रयोग गरी व्यवहारमा ल्याउने काम या लाभ या फाइदा लिनुलाई उपयोग भनिन्छ। नेपालमा भने उपयोगका सिद्धान्तलाई तिलाञ्जलि दिएर उपभोगको सिद्धान्तलाई मात्रै उपयोगमा ल्याएझैँ देखिन्छ। कुनै पनि चिजको उपयोग अझ भन्नुपर्दा सदुपयोग गर्नुभन्दा पनि दुरुपयोग या उपभोग गरेको मात्रै देखिनु समग्र मुलुककै लागि दुर्भाग्य बन्न पुगेको छ।
राजनीतिशास्त्रका आधारभूत सिद्धान्तको राम्ररी ज्ञान धेरैलाई हुनुपर्छ। अझ राजनीतिका खेलाडीमा ज्यादा अनुभव र परिभाषा गर्ने क्षमता हुनपर्छ। नेताहरूसँग देश जनतालाई कता लाने भन्ने लामो अनुभव छ। इतिहास बोकेका राजनीतिक पार्टीका आफ्नै राजनीतिक सिद्धान्त छन्। कहिलेकाहीँ चाहिँ दलहरू अर्कै खालका देखिन्छन्। पार्टीहरू पसल जस्तै खोलिएका छन्। किन राजनीतिक दलसँग जनताको चरम निराशा
झन्डै आठ वर्षको लामो कारावासपछि २०२५ साल कात्तिक दोस्रो साता बीपी कोइराला र नेता गणेशमान सिंहलाई सुन्दरीजल बन्दीगृहबाट रिहाइ गरियो। बन्दी जीवनको सदुपयोग गर्दै बीपीबाट कालजयी उपन्यास त सिर्जना भयो तर देखिने खालको राजनीतिक उपलब्धि हुन सकेको थिएन । आठ वर्षको अवधिमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको जग मजबुत बनाउँदै लैजानुभएको थियो। लचिलो हुने तर नझुक्ने स्वभाव
आज छठ पर्व । सूर्य देवताको आराधना गरेर मनाइने यो पर्व समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्च तत्वमध्ये सूर्य र जल अपरिहार्य हुन्। यी दुई तत्वप्रति श्रद्धा भाव व्यक्त गर्दै यो पर्व मनाइँदै आइएको छ। जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैको कारक रहेका सूर्यको आराधना गर्ने छठ पर्वमा आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश पनि सन्निहित छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष किसानबाट तीन लाख क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले सरकारले तोक्ने न्यूूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागेको हो। कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गरी आफ्नै मिलमा कुटाएर चामल बिक्री गर्दै आएको छ।
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ। तिहारको तुलनामा छठमा केरा महँगो भएको छ। छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शनिबार केरा प्रतिदर्जन १२० देखि १३५ रुपियाँमा कारोबार भएको छ। जब कि तिहारमा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो।
आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा प्राध्यापक र पूर्वप्रहरी प्रमुखबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र नेकपा एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी मैदानमा हुनुहुन्छ। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद आचार्यसमेत चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।
पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।