१३ कात्तिक २०७९, आइतबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१३ कात्तिक २०७९, आइतबार
३ वर्ष पहिले
चितवन, कात्तिक १३ गते । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।
मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
शालिग्राम नेपाल