सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरुको भनाइ छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली लिभरपुललाई लिड्स युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भयो ।
बंगलादेशदले अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा जिम्बावेमाथि रोचक जित निकालेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा बंगलादेशले जिब्बावेलाई तीन रनले हरायो ।
दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ ।
अविरल परेको वर्षाका कारण दुई दर्जन बढी स्थानमा अवरुद्ध बनेको सडक सुचारु भएको छ । हुम्ला अदानचुली अन्तर्गतको गल्फ गाड श्रीनगर काला गाड सडक खण्ड शनिबार बेलुकाबाट सुचारु भएको छ ।
साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर दिनुभएको छ। गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो।
निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ ।
पाल्पाको रम्भा–१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ । ना६ख७५८० नम्बरको बस बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ ।
उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
कालीकोट समाचारदाता कालीकोट, कात्तिक १३ गते । पहिरोले अवरुद्ध बनेको सुर्खेत–जुम्ला सडकको कालीकोट खण्ड २१ दिनपछि पूर्ण रूपमा खुलेको छ । गत असोज २० गतेदेखि अवरुद्ध भएको सडक कात्तिक १० गते साँझबाट पूर्ण रूपमा खुलेको हो । सडक अवरुद्ध हुँदा २१ दिनसम्म आवतजावत पूर्ण रूपमा ठप्प भएको थियो । केही खण्डमा गत असोज २७ गतेयता साना गाडी चले पनि कालीकोटको पिलीदेखि जुम्लासम्मको सडक भने खुल्न सकेको थिएन । सो खण्डमा सबैभन्दा धेरै पहिरो खसेको थियो भने तिला नदीमा आएको बाढीले धेरै ठाउँमा सडक कटान गरेर पैदल यात्रासमेत बन्द भएको थियो । डिभिजन सडक आयोजना जुम्ला, सुर्खेतले दुवै तर्फबाट सडक मर्मतको काम एकैसाथ गरेपछि २१ दिनमा पूर्ण रूपमा सडक खुलेको जनाइएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक विभागले पनि चासोका साथ कुरा सुनेको र नेपाली सेनाले पनि ‘ब्लास्टिङ’ गर्ने ठाउँमा समयमै सबै स्रोतसाधन जुटाएका कारणले सडक सञ्चालन गराउन सफल भएको बताउनुभयो । सुरुमा प्रहरीको रिपोर्ट सुन्दा तीन महिना लगाउँदा पनि सडक खुलाउन सकिँदैन कि भन्ने त्रास थियो तर विपत्का बेला स्थानीय सरकारदेखि सबै सुरक्षा निकाय र सडक विभागले पनि बिदामा गएका कर्मचारी अपरेटरलाई समयमै खटाएका कारणले २१ दिनको बीचमा सडक खुलाउन सफल भएको सुनाउनुभयो । वर्षाले सबैभन्दा बढी सडक क्षति कालीकोटमा गरेको थियो । कालीकोट सदरमुकाम मान्मदेखि जुम्ला सिमाना नाग्मसम्मको ४५ किलोमिटर सडकमा ६० ठाउँमा पहिरो खसेको थियो भने नदीले सडक बगाएको थियो । मान्मदेखि दहीखोला खण्डमा पनि २० भन्दा बढी ठाउँमा पहिरो झरेको थियो । सुर्खेत जुम्ला सडक सञ्चालन भएपछि अब दशैँतिहारमा गाउँ आएकालाई कर्मथलो फर्किनसमेत सहज भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आकलन गरेको छ। आईएमएफले भर्खरै सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको यो प्रतिवेदन ‘क्षेत्रीय आर्थिक परिदृष्य’ले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आकलन गरेको छ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारस्थित पाँच वटा पसल र एक होटेलमा आगलागी हुँदा करिब एक करोड साढे १३ लाख रुपियाँ बराबरको क्षति भएको छ ।