नेपालभाषाका चार खम्बामध्येका एक मा. जगतसुन्दर मल्लको १४०औँ जन्मजयन्ती जगत सुन्दर ब्वनेकुथीले आइतबार मनाएको छ। मातृभाषाको माध्यमबाट शिक्षारम्भ गरेमा छिटो शिक्षित भइन्छ भन्ने उहाँको मान्यताअनुसार जगतसुन्दर ब्वनेकुथी स्थापना भएको हो।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कथानक चलचित्र ‘मिलन’ मङ्सिर ९ बाट प्रदर्शनमा आउने भएको छ। प्रेमकथामा आधारित चलचित्र यसअघि कात्तिक १८ बाट प्रदर्शनमा आउने तय भए पनि प्रदर्शन मिति हेरफेर भएको छ। यही मितिमा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेकाले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिनुभयो । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय छ। कुशल र शिल्पाले यही
कात्तिक ४ बाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रले पहिलो साता पनि राम्रो व्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, प्रभाकर न्यौपाने, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ। वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको चलचित्रले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार ११२ कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको १९० मतदान स्थलमा रहेका छन् । ३८९ मतदान केन्द्रमा ३८९ जना मतदान अधिकृत र ३८९ सहायक मतदान अधिकृत खटाइनेछ ।
नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार निर्वाचित भएमा जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ। विपन्न नागरिकका छोराछोरीले आफ्नै गाउँघरमा प्राविधिक शिक्षा पढ्न पाउने र जिल्लामा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ दसवटै स्थानीय तहमा प्राविधिक तथा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने घोषणा गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा चार पूर्वमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधि सभातर्फ दुई पूर्वमन्त्री र प्रदेश सभामा दुई पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सुर्खेतमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावितले बाढीको दीर्घकालीन समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाढीका कारण उठीबास भएपछि विगत दुई महिनादेखि जङ्गल छेउ र सडकमा त्रिपाल टाँगेर बस्दै आएका बाढीपीडितले आफूहरू बाढीको समस्या समाधान गर्ने जनप्रतिनिधिको खोजीमा रहेको बताएका छन् ।
किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ। यता उम्मेदवारलाई पनि चुनावी प्रचारप्रसारको हतारो छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका उम्मेदवार किसानको खेतबारीमा पुगेर मत माग्न थालेका छन्।
गण्डकी विश्वविद्यालयको मुख्य कार्यालय शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौताराबाट सञ्चालनको तयारी भएको छ। विश्वविद्यालय सञ्चालनका लागि नगरपालिकाले गौरवको योजनामा समावेश गरी आवश्यक सञ्चालन कार्य अघि बढाइएको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो। सो स्थान चयनका लागि गठित कार्यदलले बेलचौतारास्थित भानुभक्त क्याम्पससँगैको स्थान उपयुक्त हुने भएकाले सञ्चालनका लागि पहल कदमी गरिएको पण्डित बताउनुहुन्छ। वडा नम्बर ५, ८, ९, र २ मा सार्वजानिक जग्गा पर्याप्त रहेकाले विश्वविद्यालय सञ्चालनका लागि पहल गरिएको हो।
दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति भएको भागदौडका क्रममा १५१ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नेपाली नागरिक नपरेको जानकारी प्राप्त भएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले शनिबार रातिको भागदौडका कारण भएको दुर्घटनामा अन्य देशका आप्रवासी श्रमिक परे पनि नेपाली नागरिक नपरेको जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्तीमा ४० जिल्लामा चुनावी प्रचार सभालाई सम्बोधन गर्नुहुने भएको छ । नेकपा (एमाले)का प्रचार विभाग सचिव गगन विष्टका अनुसार केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले कात्तिक १८ देखि २६ गतेसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासम्मका कम्तीमा ४० जिल्लाका ४० वटै सभामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ । एमालेले कात्तिक १५ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
आगामी मङ्सिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरघरमा पुग्न थालेका छन् भने मतदाता खेतीपाती भित्र्याउन थालेका छन् । यो वर्षको दशैँ, तिहार सकिएलगत्तै किसानलाई धानबाली भित्र्याउने चटारो छ । त्यसैले किसान धान काट्न खेतमा व्यस्त छन् । उम्मेदवारहरू भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाई घरमा पुग्दा धेरैजसो घर रित्तै हुने गरेको छ ।