वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले टेनिस र १० किमी रोड रेस खेलकुद प्रतियोगिता आयोजना गर्नेभएको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलको राष्ट्रिय प्रतियोगिताबारे जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८८७ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा कोरोना पुष्टि भएको हो ।
घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ ।
शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी निर्वाचनको घोषणापत्र मङ्गलबार दिउँसो १ः३० बजे सार्वजनिक गर्नेभएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र भोलि सार्वजनिक हुने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अङ्कले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको हो ।
ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्यलाई संयुक्त अरब इमिरेट्स (युएई)) मा सम्मानित हुनुभएको छ ।
सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेको छ ।
सोलुखुम्बुको दुर्गममा पर्ने महाकुलुङ गाउँपालिका –३ का सप्तसिङ कुलुङले आफ्नो छोराको जन्मदर्ता काठमाडौंमा बनाउन पाएपछि खुसी हुँदै भन्नुभयो, “यही कामको लागि मात्र गाउँमा जानु परेको भए धेरै खर्च लाग्थ्यो, समय निकाल्न कठिन हुन्थ्यो । तर गाउँपालिकाले हामी बसेकै ठाउँमा सेवा प्रवाह गर्दा धेरै सहज भयो ।”
उदयपुरको त्रियुगा नगरपालिका –७ चुहाडे चोकमा रहेको एक व्यापारिक भवनमा आइतबार राति आगलागी हुँदा एक करोड ५० लाख रुपियाँ बढीको धनमाल जलेर खरानी भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभइको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ ।