प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदातालाई प्रभावित पार्ने गरी निर्वाचन आचारसंहिता विरुद्धका गतिविधि गरेको भन्दै म्याग्दीका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।
यस वर्षको शरद ऋतु (असोज–कात्तिक)मा मनासलु हिमाल आरोहण गरेका छन् ।पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनासलुको चुचुरोमा पुगेका हुन् ।
उम्मेदवारी खारेजीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ। निर्वाचन आयोगले गैरसंवैधानिक तथा शङ्कास्पद रूपमा उम्मेदवारी खारेज गरेको भन्दै कार्कीले सोमबार रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र मङ्गलबार प्रारम्भिक सुनुवाइ हुने बताउनुभयो।
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगम अन्ततः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न तयार भएको छ। गत जेठदेखि व्यावसायिक सञ्चालनमा आएको यो विमानस्थलमा दैनिक उडान शून्य प्रायः भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको हिउँदे उडान तालिका अनुसार निगम बाध्य भएर भैरहवामा उडान भर्न तयार भएको हो।
राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो। प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ।
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ ।
आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताउनुभएको छ ।
पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ ।
टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले तराई मधेस पहाड र हिमाली जनतालाई सांस्कृतिक रुपमा जोड्ने काम गरेको बताउनुभएको छ । चुनावी अभियानमा आज छठ समापन समारोहमा पुगेर उहाँले मतदातासँग मत माग्दै सो कुरा बताउनुभएको हो ।