काठमाडौँ, कात्तिक १५ गते । नेपाल वायुसेवा निगम अन्ततः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न तयार भएको छ।
गत जेठदेखि व्यावसायिक सञ्चालनमा आएको यो विमानस्थलमा दैनिक उडान शून्य प्रायः भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको हिउँदे उडान तालिका अनुसार निगम बाध्य भएर भैरहवामा उडान भर्न तयार भएको हो।
प्राधिकरणले आइतबारदेखि लागू भएको नयाँ तालिका अनुसार काठमाडौँमा हुँदै आएका तीन उडानको एक उडान भैरहवामा सारेपछि निगमको एकपछि अर्को उडान रद्द हुन थालेको हो । सोही कारण निगम भैरहवामा उडान भर्न तयार भएको छ ।
निगमले हिउँदे उडान तालिका अनुसार एक साताभित्र भैरहवाबाट उडान भर्न नयाँ तालिका प्राधिकरणलाई बुझाउने प्राधिकरणले जनाएको छ।