मुलुकको राजधानी सहर एवं सबैभन्दा पुरानो महानगरपालिका काठमाडौँमा अनेकन समस्यासँगै बारम्बार फोहोर थुप्रिने तथा नउठ्ने समस्या काठमाडौंँवासीका लागि नौलो विषय होइन । यसबाट काठमाडौंँको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर परेको यथार्थ हो ।
वैचारिक विचलन र राजनीतिक महìवाकाङ्क्षाले नेताको राजनीतिलाई कहाँसम्म पु-याउने सक्छ ? नेपाली राजनीतिमा यो प्रश्न अब अनुत्तरित रहेन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले यसको ज्वलन्त उदाहरण बन्नुभएको छ । लोकतान्त्रिक शासन पद्धतिलाई स्वीकार नगर्ने स्कुलिङबाट सुरु
अस्पतालका जागिरे डाक्टर ड्युटी आवरमा अस्पताल नभई निजी क्लिनिकमा हुनु र विश्वविद्यालयका शिक्षक कक्षा कोठामा नभई निजी विद्यालयमा भेटिनु अब सामान्य भयो । त्यसैले डाक्टर र प्रोफेसरको सामाजिक सम्मान व्यवसायीमा झरेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ ।
परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाईएको छ ।
आइतबार एक अमेरिकी डलरको खरिद मूल्य १२७ रुपियाँ ५१ पैसा रह्यो । नेपाल राष्ट्र बैङ्कका अनुसार बिक्री मूल्य १२८ रुपियाँ ११ पैसा पुगेको छ । यताका महिनामा अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । अमेरिकी डलरको भाउ डरलाग्दो तवरमा निरन्तर बढिरहनु नेपाली रुपियाँको मूल्य ओरालो लाग्नु हो
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो ।
मुक्त कमैया हिङ्गु चौधरीलाई स्थायी बसोबासका लागि अझै जग्गा मिलेको छैन । कैलारी गाउँपालिका–७, विपतपुरमा अस्थायी बसोबास गरिरहनुभएका उहाँ जग्गा पाउने पर्खाइमा हुनुहुन्छ । उहाँजस्तै कयौँ मुक्त कमैया परिवार छन्, विपतपुरमा ।
शासकीय प्रणालीमा सङ्घीय शासन एउटा शासकीय पद्धति हो । शासन प्रणालीलाई तहगत वा एकाइमार्फत जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने र भूगोल, भाषा र जातीय पहिचानको आधारमा तह वा एकाइबाट शासकीय प्रबन्ध गर्ने व्यवस्थालाई नै सङ्घीय शासन प्रणाली मानिएको छ ।
धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३ जना महिलासहित दुई हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ल्याइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । सरकारका तर्फबाट विधेयक शुक्रबार प्रतिनिधि सभामा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा भूतपूर्व एक मन्त्रीसहित १५५ जना विरुद्ध भ्रष्टाचारको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो आर्थिक वर्षमा सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सो कुरा उल्लेख गर्नुभएको हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितको लागि एक सय २९ रनको झिनो लक्ष्य दिएको छ । टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो ।