सर्वोच्च अदालतले प्रतिनिधिसभा अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा नेपाल स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले निर्वाचन आयोगको नाममा उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ। उहाँले विकास आफ्नो पहिलो एजेण्डा भएकोसमेत प्रष्ट पार्नुभएको छ।
पदीय दायित्वसमेत ख्याल नगरी निर्वाचनसम्बन्धी दलका बैठक, भेलालगायत कार्यक्रममा सहभागी हुने उम्मेदवार र शिक्षकलाई स्पष्टीकरण सोधेको आयोगले बुलेटिनमार्फत जानकारी गराएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मत माग्न जनताको घरघरमा जान नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा खटिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुषबहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले संचालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट हुनुभएको छ ।
काठमाडौं, कात्तिक १५ गते । सरोज खनालको निर्देशनका बनेको फिल्म 'बगान'को 'उडी छुनु छ आकाश' बोलको गीत सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द र हरि लम्सालको सङ्गीत छ । गीतको भिडियोमा करिश्मा मानन्धर, सरोज खनाल, मिथिला शर्मा र प्रमिला कार्कीलाई देख्न सकिन्छ । सुरेश वाग्लेको निर्माण रहेको यस फिल्ममा करिश्मा, सरोज, मिथिला, प्रमिलासँगै नीर शाह र वसुन्धरा भुसालको अभिनय छ । यस्तै, फिल्मका कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ ।नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । फिल्म फागुन १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
नेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग संयुक्त राज्य अमेरिकाका राजदूत रिचर्ड थम्पसनले भेटवार्ता गर्नुभएको छ ।
बङ्गलादेशमा मङ्गलबारदेखि साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार नै बंगलादेश पुगिसकेको छ ।
मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।
भंगहा नगरपालिकामा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयद्वारा गठित टोली घटनास्थल पुगेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाँच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) ले सार्वजनिक गरेको ९६ पृष्ठ लामो निर्वाचन घोषणापत्रको मुलमन्त्र ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ रहेको छ । साथै घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
विभागीय टोली नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सूदूरपश्चिम प्रदेशमाथि सानदार जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले सुदूरुपश्चिम प्रदेशलाई १० विकेटले हरायो ।
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।