काठमाडौं, कात्तिक १५ गते । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत युएन मिसनहरूमा खटिई शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
सोही क्रममा, मिति २०७९ कार्तिक १४ गते दक्षिण सुडानमा तैनाथ श्रीहाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फालाई बदली गर्नको लागि श्रीहाई रेडिनेश गुल्म (शान्ति सेना) छैटौँ डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
साथै, उक्त मिशनमा तैनाथ श्रीहाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फाको १३२ जना नेपाली शान्ति सैनिकहरू सेनानी सुजित श्रेष्ठको नेतृत्वमा मिति २०७९ कार्तिक १४ गते नै स्वदेश फर्किएको पनि सेनाले जनाएको छ ।