नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) र बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का खेलाडीहरु मैत्रीपूर्ण खेलपछि सेल्फी लिंदै
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) र बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का खेलाडीहरु मैत्रीपूर्ण खेलपछि सेल्फी लिंदै
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य ।
निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । आयोजले भित्ते लेखन गर्न निषेधदेखि झण्डा र चुनावचिन्हको आकार निर्धारण, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने जस्ता मापदण्ड तय गरेको छ ।
आगामी निर्वाचनका लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै इलाममा १५ वटा उजुरी परेका छन्। निर्वाचन अनुगमन अधिकृत भूमिराज भुसालले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रचार गरेको तथा प्रतिक्रिया गरेकोमा छवटा, निर्वाचनमा प्रभाव पार्ने तथा धार्मिक सहिष्णुता खलल गर्ने गरी प्रचार–प्रसार तथा प्रकाशन गरेकोमा तीनवटा सञ्चारमाध्यमविरुद्ध उजुरी परेको जानकारी दिनुभयो।
पाँचथर जिल्लामा सुरु भएर अधुरो रहेका योजना पूरा गर्ने वचन दिँदै प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका छन्। लामो समयसम्म पूरा नभएका योजना पाँच वर्षभित्र पूरा गर्ने भन्दै उम्मेदवारहरूले विकासकै मुद्दालाई चुनावी एजेन्डा बनाएका हुन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।
बैतडीको मेलौलीमा औद्योगिक ग्राम निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । बैतडीको मेलौली नगरपालिका १, ३, ५ र ६ नम्बर वडा जोडेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।
देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
कालीगण्डकी गाउँपालिकामा तिहारको समयमा सयपत्री फूल बिक्री गरेर मनग्गे आम्दानी भएको छ। गाउँपालिकाले तिहारका लागि व्यावसायिक फूल खेती गराएको थियो।
पोखरा महानगरपालिकाले भूमिगत पार्किङस्थल खाली गराउन थालेको छ। कर छुटको सुविधा लिएर भवन निर्माण गरिएका व्यापारिक भवनहरूको ‘अन्डरग्राउन्ड’ खाली गराउन थालिएको हो। घरधनी तथा व्यापारीहरूले ‘अन्डरग्राउन्ड’ पार्किङहरूलाई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि ३५ दिने सूचना नै जारी गरी खाली गराउन थालेको पोखरा महानगरपालिकाले जनाएको छ। सूचना जारी गर्नुअघि पनि पटक–पटक हटाउन अनुरोध गरिएको थियो।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्ने महिला उम्मेदवारको सङ्ख्या कम रहेको छ। संविधानले प्रतिनिधि सभा तथा प्रदेश सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने सुनिश्चित गरेको छ। तर आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न उम्मेदवार दर्ता गराएका महिलाको सङ्ख्या निकै कम रहेको निर्वाचन आयोग नेपालको तथ्याङ्कमा छ।
गत भदौमा आएको वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएपछि रुकुमपूर्वको एक विद्यालयको पढाई वडा कार्यालय र अन्तर्गतको स्वास्थ्य इकाई भवनमा हुँदै आएको छ ।