क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको छ।
हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा इतिहास र भविष्य बोक्नसक्ने उम्मेदवारलाई मतदाताले रोज्नुपर्ने बताउनुभएको छ। विदुर नगरपालिका अन्तर्गत ऐतिहासिकस्थल नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाटलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरूको संरक्षण तथा प्रवर्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजिको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।
रुपन्देही क्षेत्र नं ५ मा विभिन्न पार्टीका उम्मेद्वारले चुनावी एजेण्डाहरु पस्कदै आफनो क्षेत्रका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि नेताहरुले आफ्नो क्षेत्रका मतदाताकहाँ भोट माग्न व्यस्त हुनुभएको हो ।
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा भाग लिएका राजनीतिक दल विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन्।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारपूसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचारणको व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच बुधबार भेटवार्ता भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण सोधेको छ । दुवै जनालाई २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा डा. लोकेशशेखर जयसवाल र डा. इन्द्र लिम्बुलाई नियुक्त गर्नुभएको छ ।
निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।