नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।
इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गर्नुभएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ ।
चलचित्र जीवन्त साहित्य हो । यसलाई समाजको ऐना पनि भनिन्छ । कथा, कविता गीत गजल, मुक्तक, नाटक, निबन्ध, उपन्यास, काव्य वा महाकाव्यसरह चलचित्रले पनि जीवनको प्रतिविम्ब प्रकट गर्छ । चलचित्रको माध्यमबाट जाति, भाषा, साहित्य, संस्कृति, ज्ञान–विज्ञान, प्रविधि, गीत, सङ्गीत, कला कौशलको प्रवद्र्धन गर्दै राष्ट्रको पहिचान विस्तार गरी समाजलाई बाटो देखाउने माध्यम पनि हो ।
झापाको कनकाई नगरपालिकाले दुई थान विद्युतीय दुईपाङ्ग्रे सवारी साधन खरिद गरेको छ ।
शरीरको स्नायु प्रणालीबाट क्वान्टम चेतना जब आफ्नो स्थान छोड्न थाल्छ अनि मृत्यु जस्तो अनुभव हुन्छ। यस सिद्धान्त वा निष्कर्षको आधार के हो भने मस्तिष्कको क्वान्टम कम्प्युटरमा चेतनाले एक प्रोग्रामसरह काम गर्दछ। ‘बायोसेन्ट्रिज्म ः हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेर सनसनी मच्याएको छ। मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । यो पुस्तक क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा. रोबर्ट लेन्जद्वारा लेखिएको हो।
रातको निक्र्याैलअनुसार नै मैले उनीहरूलाई भनेको थिएँ– “म अब जोनलाई हेर्न छोड्छु ।” “किन ?” “यसै ।” “यसै भन्ने पनि हुन्छ ? केही त कारण होला, आवर्ली कम भयो वा यस्तै ।”
लक्ष्मीप्रसाद देवकोटा खुला झ्यालनेर बस्न मन पराउँथे । त्यहाँबाट ‘नीलो पहाडी पर्खालले परिवेष्ठित पूर्वपट्टिको दृश्य’ देख्न सकिन्थ्यो र मौसम राम्रो रहेका दिनहरूमा त दूरवर्ती हिमशिखरहरूको लहर पनि टड्कारै देखिन्थ्यो । यस्तो दृश्यावलोकनबाट आँखामा पट्याइ लागेको विचारशून्य क्षणमा उनी ‘आफ्ना सहकर्मी लेखकहरूको चेहराको’ अध्ययन गर्ने गर्दथे । उनको नजिकै संस्कृतका पण्डितहरू शम्भुप्रसाद ज्ञवाली ब
निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झन्डा पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार चितवन निर्वाचन क्षेत्र नं. ३ को साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी जारी गरिएको प्रतिबद्धतापत्रमा विकासलाई पहिलो प्राथमिकतामा राखिएको छ। कांग्रेस र माओवादी केन्द्रले केन्द्रमा जारी गरेको प्रतिबद्धतापत्रको झझल्को दिने विकासे अभियानलाई प्रतिबद्धतापत्रमा प्राथमिकतामा राख्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन भनिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।
तिहार सकिएलगत्तै टीकापुर पार्कमा पर्यटकको घुइँचो लागेको छ । शनिबार छ हजार पर्यटक टीकापुर पार्क प्रवेश गरेका छन् । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने तिहारपछिको रमाइलो गर्न टीकापुर र आसपासका मानिस पनि आएका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावी गतिविधि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै आउने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरू सक्रिय रूपमा लागिपरेका छन्।