कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली देश जापानले खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (बिहीबार) पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दाको बहस नसकिएपछि शुक्रबारको लागि ‘हेर्दाहेर्दै’मा राखेको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखि सुरु गरेको जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् ।
विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहका लगातार तेस्रो जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो ।
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ को मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।
नेपालको संविधान २०७२ मा लिपिबद्ध ‘समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने रास्वपाको प्रतिबद्धता छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा पीएसजीले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई २–१ गोलले हरायो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ ।
सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने बझाङको गौरवको योजना सेती लोकमार्गको चैनपुर ताक्लाकोट सडक निर्माण राजनीतिक दलहरूले हरेक निर्वाचनमा चुनावी मुद्दा मात्र बनाउने गरेका छन् । सत्ता गठबन्धनसहितका दल र नेकपा (एमाले) ले पनि चैनपुर ताक्लाकोट सडकलाई पुनः चुनावी मुद्दा बनाएका छन् ।
रमेश विश्वकर्मा गुल्मी, कात्तिक १७ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ। दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा पुगेका हुन्। चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा जानकारी गराउँदै आएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी केही दिनयता मतदातासँगै हुनुहुन्छ। उहाँ मतदाताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्दै आउनुभएको छ। भण्डारीसँग क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिस्पर्धामा हुनुहुन्छ। ज्ञवालीले पनि मतदाता भेटघाटलाई निकै तीव्रता दिनुभएको छ। यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ। चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न व्यस्त हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे प्रतिस्पर्धामा हुनहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ। देशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धन दलको साझा उम्मेदवार माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धामा हुनहुन्छ।
वाचापत्रमा अबको ३१ वर्षपछि अर्थात् विसं. २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ ।
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका अधिकांश मतदाताले डुबानमुक्त बनाउने र सिचाइँ तथा खाद्यन्न उपलब्ध गराउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।
ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।