सरकारी निकायप्रतिको विश्वसनीयता जोगाउनु मुलुकको वर्तमान चुनौती हो। सेवा प्रवाहका माध्यमले सरकारले जनतासमक्ष आफ्नो चिनारी दिएको हुन्छ। सेवा प्रवाह गुनासारहित हुँदा मात्र सरकार जनताप्रति जिम्मेवार र जवाफदेही भएको मान्न सकिन्छ। सेवा केन्द्रमा रहेका कर्मचारीले आफ्ना सोच, व्यवहार र प्रवृत्तिलाई इमानदारितासँग तादात्म्यता कायम गर्न सकेको अवस्थामा मात्र सरकारी निकायको विश्वसनीय
यसपालि शुक्र अस्तसँगै सूर्य र चन्द्र दुई ग्रहण यसै कात्तिक महिनामा र हरिबोधिनी एकादशी आज (शुक्रबार) परेको छ। तुलसी विवाह र चार नारायणसँग जोडिएको यो पर्व हाम्रा लागि निकै पावन दिन मानिएको छ। गत आषाढशुक्ल हरिशयनी एकादशी तुलसी रोपणसँगै सुरु भएको चतुर्मास व्रत समापन पनि यसै हरिबोधिनी एकादशीमा गरिन्छ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत्् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशभित्र आवश्यक निर्वाचनलक्षित सुरक्षा तयारी पूरा गरेको छ । प्रदेश प्रहरी कार्यालयले कार्यालयमातहतका जिल्लामा सुरक्षा रणनीति तथा परिचालनसम्बन्धी योजना तयार गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष तयारी गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकासँग जोड्ने अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्डको १६ किलोमिटर सडक विस्तारको काम सुरु हुने भएको छ । एक दशकभन्दा बढी समयदेखि नेपाल सरकारको प्राथमिकतामा परेर विभिन्न कारणले विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडक निर्माणको काम सुरु हुने भएको हो ।
पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् ।
मधेश प्रदेशको प्रतिनिधि सभा सदस्यको १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नै छैन। मधेश प्रदेशका छवटा जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य रहेको निर्वाचन आयोगले जनाएको छ। यहाँ आठवटा जिल्लामा ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। प्रत्येक जिल्लामा चार/चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार सवारीसाधन हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताउनुभएको छ।
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सङ्घ र प्रदेशमा मन्त्रीको सङ्ख्या घटाउन सुझाव दिएको छ। मन्त्रालय र मन्त्रीको सङ्ख्या बढी हुँदा प्रशासनिक खर्चमा समेत वृद्धि भएको भन्दै समितिले घटाउन सुझाव दिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले बिहीबार भेटवार्ता गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। सुनसरी–मोरङ औद्योगिक कोरिडोरअन्तर्गत मोरङको बूढीगङ्गा–४ मा रहेको विश्वविद्यालयले उद्योगमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजनाअनुरूप स्कल अफ इन्जिनियरतर्फ बीई इन सिभिल र बीई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो।
जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। जनकपुर सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै जानकी मन्दिर कुरूप र फोहोर बनाउन लागेका छन्।