राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण सुहाउँदो प्रकारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङको हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले)का किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस र गठबन्धनको एकता आगामी निर्वाचन परिणाले देखाउने बताउनुभएको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षे नं. २ (क) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै बीरेन्द्रनगर सहरलाई आधुनिक र सुरक्षित सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको भक्तपुर निर्वाचन क्षेत्र १, २ र ललितपुर निर्वाचन क्षेत्र नं. १, २ र ३ मा उम्मेदवारहरु बीच उच्च प्रतिस्पर्धा हुने भएको हो ।
भोटेकोशी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ सम्पन्न भएको छ । जिल्ला र जिल्ला बाहिरको २४१ जना धावकले सो रेसमा सहभागी भएका थिए । २४ दशमलव ५ किलोमिटरको टे«ल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो ।
पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो ।
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका लागि कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा बजारमा बिहानीपख जङ्गलको गैँडा शहरमा घुम्दै । विशेष गरी गैंडाहरू सौराहा बजारमा बिहान र बेलुकी पख घुमेको देखिन्छ ।
भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्युभएको थियो भने कैयौँ हराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
निर्वाचन प्रयोजनार्थका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।