कपिलवस्तुको बाणगङ्गा नदीअन्तर्गत महाराजगञ्ज नगरपालिका–१० को हर्दौनामा पुल बनाउने विषय वर्षौंदेखि चुनावी एजेन्डामै सीमित हुँदैआएको छ । हरेक पटक चुनावमा उम्मेदवारहरूले हर्दाैना र यशोधरा गाउँपालिका–८ स्थित इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने अश्वासन दिँदै आएका छन् तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अतिक्रमित नेपालको भूमि कूटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।
काठमाडौं, कात्तिक १८ गते। नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भेट गर्नुभएको छ। भेटका क्रममा राजदूत गोडेरले यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यस पटक सहरी स्वास्थ्यका लागि खुला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो।इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो। उपप्रमुख डंगोलले इजरायल सरकारसँग सहकार्य गर्न सकिने बताउनुभएको छ। ‘‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धनलाई नीतिका रूपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ। दूतावासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन्। हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ’’, भेटमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘हामी सामुदायिक शिक्षाको स्तर सुधार गर्ने कार्यक्रममा छौँ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने यसको एउटा क्षेत्र हो। दूतावासले शिक्षक तालिम सञ्चालन गरिरहेको हामीलाई जानकारी छ। यस क्षेत्रमा पनि हाम्रो सहकार्य हुनसक्छ।’’ यसअघि काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यसँग नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले भेट गरेर आपसी हितका कुरा गर्नुभएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको बताउनुभएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
राधा लुइटेल फिदिम, १८ कात्तिक । महान्यायाधिवक्ताकाे कार्यालयबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासत र अपराध अनुसन्धान कक्ष अनुगमन गरेको छ।शुक्रबार सहन्यायाधीवक्ता शम्भु कार्की र उपसहन्याधिवक्ता सविता सर्माको टोलीले हिरासत र अपराध अनुसन्धान कक्षको अनुगमन गरेको हो।अनुगमनका क्रममा हिरासत राखिएका थुनुवाको मानवअधिकार अवस्था, प्रहरीले गर्ने व्यवहार, खाने बस्ने व्यवस्थापनसहित आधारभूत आवश्यकताको निरीक्षण निरीक्षण गरेको हो। हिरासतको अवस्था सन्तोषजनक पाइएको सहन्यायधिवक्ता कार्कीले जानकारी दिनुभयो। अनुगमन र निरीक्षण पश्चात् अपराध अनुसन्धान र जिल्लामा शान्ति सुरक्षाको अवस्था विषयमा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो दल निर्वाचित भएमा ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रित गरेर विकासको काम गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उन्मुक्ति पार्टीले सो प्रतिबद्धता गरेको हो ।
दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ।
कपिलवस्तुको बाणगंगा नदी अन्तर्गत महाराजगन्ज नगरपालिका १० को हर्दौनामा पुल बनाउने विषय वर्षौँदेखि चुनावी एजेण्डामै सीमित हुँदैआएको छ ।
पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
लक्ष्मी चौधरीजनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।निहारिकाले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बनेपछि झुलाघाटमा पक्की पुल निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
सरकारले कोरोनाविरुद्धका खोप खेर जाने परिमाण बढ्न थालेपछि म्याद गुज्रिएका खोप पनि तीन महिनासम्म लगाउन मिल्ने जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग रहेको बताउनुभएको छ । मुलुकमा, शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको उहाँले प्रष्ट पार्नुभयो ।