हुम्लाको सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि यात्रा गर्ने यात्रुलाई टिकट पाउन सास्ती हुने गरेको छ। विमान कम्पनीले उडान घटाउँदा यात्रुलाई समस्या भएको हो। टिकट नपाएपछि यात्रुले शुक्रबार सिमकोट विमानस्थलबाहिर चर्को नाराबाजीसमेत गरेका छन्।
नेपाल बैङ्क र अनलाइन सपिङ पोर्टल दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। बैङ्कको ८६औँ वार्षिकोत्सवको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। छुट योजना आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म लागू हुने बैङ्कले जनाएको छ।
अनेसास अफ्रिका च्याप्टरको साहित्यिक सँगालो ‘किलिमन्जारो’ र कवि सिन्धु पौडेलको कविताकृति ‘मृतसागरको उचाइबाट’ विमोचन गरिएको छ। विमोचित कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव, कवि तथा गीतकार गणेश रसिकको उपस्थिति थियो।
जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ। यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने जाडोयाममा खुट्टा फुट्ने, सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन्। चिसोका कारण खुट्टाको छाला पाप्रा बनेर निस्कनेजस्ता समस्या पनि आउँछन्। त्यसैले जाडोयाममा खुट्टाको स्याहारमा विशेष ध्यान पु¥याउनुपर्छ।
नेपाली सिनेमाघरमा शुक्रबार दुई चलचित्र ‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा आएका छन्। सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन थ्रिलर ड्रामा हो। सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतको चलचित्रमा अभिनय रहेको छ।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि जापान जाने तयारीमा रहेकाको उडान अझै टुङ्गो लागेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई भदौभित्रै पठाउने भने पनि अहिलेसम्म अन्योल छ।
स्कुलमा कक्षा १२ सम्मको पढाइ हुन्छ । समुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको मैयाँदेवी कलेजमा अहिले ११ देखि स्नातकोत्तरसम्मको पठाइ हुने गर्दछ। गरिब विपन्न समुदायका छात्राका लागि यो कलेजमा मैयाँदेवीकै लगानीमा निःशुल्क पढ्न पाउने व्यवस्थासमेत मिलाएको छ। लामो समयदेखि कांग्रेसको राजनीतिमा रहनुभएकी श्रेष्ठले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवि भवनमा तीनतला भएको घर जग्गा पार्टीलाई दान दिनुभएको थियो। श्रेष्ठले गोरखामा पार्टी कार्यालय बनाउन २० लाख रुपियाँ सहयोग गर्नुभयो। नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गर्नुभएकी श्रेष्ठले प्रजातन्त्रवादी पत्रकारहरूको संस्था प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि बसेनीमा जग्गा दान दिनुभयो।
एउटा मानिसको घरमा आगलागी भयो र धेरै धन सम्पत्ति जलेर नष्ट भयो। संयोगवश घरका मानिसलाई केही भएन। त्यो देखेर गाउँलेले सहानुभूति व्यक्त गरे। घरका मानिसले सहानुभूतिलाई स्वीकार गरे, तुरुन्तै अरू केही प्रतिक्रिया दिएनन्। बरु भोलिपल्ट गाउँलेलाई बोलाएर मिठाई बाँडे। गाउँले अचम्मित भए – “त्यत्रो सम्पत्ति जलेर खरानी भएको छ, उल्टै केको खुसियालीमा मिठाई बाँडेका होलान्।” घ
बाजुरामा निमार्ण भएका झन्डै १२५ झोलुङ्गे पुलहरू मध्ये बाढी पहिरोले नौ वटा पुल क्षति भएपछि यती बेला स्थानीयलाई आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको छ ।
नेपाल बन्ने/नबन्ने अनेकौँ कारण छन्। बन्ने कारण आत्मसात् गरी नबन्ने कारण त्याग्दै जानु समयलाई पछ्याउनु हो। समयको लयसँग हिँड्न जानियो भने गन्तव्य असहज छैन । आधुनिक विश्वमा समृद्धि, विकास र आधुनिकता एकअर्काका पर्याय हुन् । विकास, समृद्धि र आधुनिकता एकाएक राता
राज्य सत्तामा दलित समुदायको सहभागिता पञ्चायत कालबाटै सुरु भएको थियो। पञ्चायतले दलित समुदायलाई प्रभावमा पार्न केही नेतालाई सांसद र मन्त्री बनाउने काम ग-यो। २०१६ सालमा सहर्षनाथ कपालीलाई माथिल्लो सभामा राजाले मनोनीत गरेका थिए । २०१९ मा धनमानसिंह परियार राष्ट्रिय पञ्चायत सदस्यमा राजाबाट मनोनीत भएका थिए। राष्ट्रिय पञ्चायतमा छ जना दलित नेता सदस्य भएका थिए। २०३१ साल
नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडा नं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताउनुभयो ।
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न बिहीबार घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
जनकपुरधामको जानकी मन्दिरलगायत विभिन्न स्थानमा नियमविपरीत टाँसिएका र झुन्ड्याइएका निर्वाचन प्रचार सामग्री हटाइएको छ।
आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधि सभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।