शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १९ गते। नेपाली सिनेमाघरमा शुक्रबार दुई चलचित्र ‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा आएका छन्। सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन थ्रिलर ड्रामा हो। सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतको चलचित्रमा अभिनय रहेको छ।
यस्तै बलिउड चलचित्र ‘फोन भूत’ पनि आजैबाट प्रदर्शनमा आएको छ। हरर कमेडी जनराको चलचित्रलाई गुरमित सिंहले निर्देशन गर्नुभएको छ। चलचित्रमा कट्रिना कैफ, इशान खट्टर, सिद्धान्त चतुर्वेदी र ज्याकी श्राफको अभिनय रहेको छ।