• १३ साउन २०८१, आइतबार

‘किलिमन्जारो’ र ‘मृतसागर’ विमोचित

blog

काठमाडौँ, कात्तिक १९ गते। अनेसास अफ्रिका च्याप्टरको साहित्यिक सँगालो ‘किलिमन्जारो’ र कवि सिन्धु पौडेलको कविताकृति ‘मृतसागरको उचाइबाट’ विमोचन गरिएको छ। विमोचित कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव, कवि तथा गीतकार गणेश रसिकको उपस्थिति थियो। 

यस्तै अतिथिका रूपमा वरिष्ठ कवि श्रवण मुकारुङ, साहित्यकार हिक्मत थापा, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुलगायतको उपस्थिति थियो। ‘किलिमन्जारो’ अनेसास अफ्रिका च्याप्टरमा सक्रिय साहित्यकारका विभिन्न विधाका साहित्यिक रचनाको सँगालो हो भने ‘मृतसागरको उचाइबाट’ कवि पौडेलको पहिलो कविताकृति हो।