दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्।
रामेछाप सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शय्याको मन्थली अस्पताल निर्माणको काम छ महिनादेखि बन्द भएको छ। आगामी मङ्सिर मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने यो अस्पतालको काम २० प्रतिशत पनि पूरा भएको छैन। अस्पतालको काम गएको जेठ महिनाबाट बन्द छ। २० प्रतिशत काम पनि नसकी प्रक्रिया मिलाएर सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट पेस्कीसहित दुई करोड ९० लाख १५ हजार ३५५ रुपियाँ भुक्तानी लिएपछि ठेकेदार सम्पर्कविहीन बनेका थिए।
हस्तकलाका सामानको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित महिला उद्यमी हस्तकला मेला सुरु भएको छ। बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि काठमाडाैँको वसन्तपुरमा मेला सुरु भएको हो।
चर्को ब्याजदरका कारण उद्योग, व्यवसाय सञ्चालनमै समस्या आएको भन्दै उद्योगी, व्यवसायी शुक्रबार सडकमा उत्रिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसहित निजी क्षेत्रका विभिन्न क्षेत्रगत र जिल्लागत सङ्घसङ्गठनले राजधानीको माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। आन्दोलनमा व्यवसायीले ‘प्लेकार्ड’मार्फत ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, बैङ्कको सेवा शुल्क घट्नुपर्ने, चालू पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, प्रिमियम घटाउनुपर्ने र ब्याजदरमा स्थिरता कायम राख्नुपर्ने जस्ता माग राखेका थिए।
नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्ठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तर्राष्ट्रिय आधार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गर्नुभएको हो। यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ क्षेत्र नम्बर ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिइएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो।
निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ ।
जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय कालिकोटमा व्यापक अनियमितता भएको पाइएको छ । कार्यालय प्रमुख चन्द्रप्रसाद अधिकारीले आफै पेस्की लिने, कार्यक्रम गर्ने र विल भरपाई किर्ते गरी अनियमितता गरेको पाइएको हो ।
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेल्धुराको विशेष चासो छ । प्रधानमन्त्री देउवा बिहीबार गृह जिल्ला आउनुभएको छ । उहाँले शुक्रबार साँझसम्ममा तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । साथै जिल्लावासीस्थित राजनीतिक दलका नेता–कार्यकर्तासँग भेट गरी विकास निर्माण, जिल्लाका समस्या र अबको कार्यभारका सन्दर्भमा पनि छलफल गर्नुभयो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रचारप्रसारको औपचारिक चरणमा प्रवेश गरेको छ । मतदाताको मत जित्न उम्मेदवार तथा तिनका समर्थक सघन कार्यक्रममा जुटेका छन् । मतदाता रिझाउन सभा सम्मेलन, सम्पर्क तथा घरदैलोजस्ता कार्यक्रमका आयोजनाले जिल्ला निर्वाचनमय देखिएको छ ।
जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन्। स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी निर्णय कार्यान्वयन रोक्ने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्चको एकल इजलासले कात्तिक १५ गते जारी गरेको अन्तरिम आदेश अदालतले यसअघि कायम गरेको सिद्धान्तविपरीत भएको भन्दै आयोग सर्वोच्च पुगेको हो । उक्त निवेदन अब संयुक्त इजलासमा पेस हुनेछ ।