कुनै भवितव्य आइपरेन भने लोकतन्त्रवादी पत्रकारहरूको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु हुनेछ। लोकतान्त्रिक मूल्य मान्यताका पक्षपाती सञ्चारकर्मीका लागि निश्चय पनि आजको दिन निकै महत्त्वपूर्ण हुनेछ। युनियनको नवौँ महाधिवेशनका गतिविधिप्रति अनेक कारणले युनियनकर्मी मात्र होइन आम व्यक्तिको समेत चासो छ। अहिलेका लागि महत्त्वपूर्ण कुरा के हो भने एउटा लोकतान्त्रिक संस्थाको महाधिवेशन, पूर्णतः लोकतान्त्रिक विधि प्रक्रियाको अनुशरण गरी हुने सुनिश्चित भएको छ।
“मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भन्छन्। समाजवाद कुनै छुट्टै कानुन होइन, आन्दोलन होइन बरु यो एउटा सांस्कृतिक आन्दोलन हो। समाजवादको एउटा मुख्य लक्ष्य हो– समानता। समानता भनेको राजनीतिक तथा आर्थिक समानता हो,” बीपी कोइराला।
कुनै पनि समाजको सचेतनाको अवस्था कस्तो छ भनेर बुझ्न उक्त समाजले कस्ता विषय प्राथमिकतामा राख्छ, ती विषय कसरी ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ । मानवनिर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तन तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तन यति सूक्ष्म रूपले भइराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय नै चाहिन्छ । यसको अर्थ परिवर्तन रोकिएको हुँदैन।
कनकाई नगरपालिका–४ मा अवस्थित सिंहदेवी आधारभूत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपियाँ निकासा गरेको पाइएको छ। राष्ट्र«पति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपियाँ पाएको थियो। उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि टिन उक्काएर सोही भवनमा अर्को तला थपेर रकम निकासा गरेको हो। पहिले तला नथप्ने गरी बनाएको पुरानो टिनको छानो भएको भवनमा रडसमेत छैन भने बनाइएको उक्त भवन भूकम्प प्रतिरोधकसमेत नभएको स्थानीय विक्रम पाण्डेले बताउनुभयो।
चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, नदी कटान र डुबानका प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा बताउनुहुन्छ । “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले पनि निःशुल्क अध्ययन गर्न पाउने अवस्था छैन । त्यसैले पहिलो काम माध्यमिक तहसम्म सबैलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना रहेको छ ।”
पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् । कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको अवस्थामा पोखराको नयाँनयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गर्नुपर्ने उहाँहरुको जोड छ ।
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ । जेठदेखि भारतमा दैनिक ३६४ मेगावाट बिजुली निर्यात भइरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् ।
काठमाडौं, साउन ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई बधाई दिनुभएको छ। भारतको राष्ट्रपति पदमा मुर्मू निर्वाचित भए लगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले बधाई तथा तथा शुभकामना दिनुभएको हो।प्रधानमन्त्री देउवाले ट्वीटमा नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ। मुर्मू बिहीबार भारतको १५ औं राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको हो।
काठमाडौं, साउन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले भारतको राष्ट्रपति पदमा द्रौपदी निर्वाचित हुनुभए लगत्तै ट्वीटरमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रेमराज सिम्खडाकालीकोट, साउन ५ गते। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ स्थित सिम्लेगाडमा फोर्सगाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालिकोट सदरमुकाम मान्मबाट नाग्मतिर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको फोर्स गाडी सिम्लेगाड खोलामा दुर्घटना भएको हो। दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। दुर्घटनामा सहचालक कालिकोट पचालझरना गाउँपालिका २० वर्षीय तुफान बमको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी सिद्धराज न्यौपानेका अनुसार ओरालो सडकमा तीव्र गतिको गाडी दुर्घटना भएको अनुमान गरिएको छ। चालक फराह भएकाले दुर्घटनाको कारण खुलेको छैन। घाइतेको कालिकोट अस्पतालमा उपचार भइराखेको छ। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।
ताँजाकोट गाउँपालिकामा निर्माणधिन अस्पतालमा काम गर्ने कामदार खेमराज सार्कीमाथि हातपात हुँदा उहाँ गम्भीर घाइते हुनुभएको छ। दिनभर काम गरेर साँझ एउटा बिस्कुटको नाममा विवाद हुँदा उहाँमाथि कुटपिट भएको हो।
पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौं, साउन ५ गते। राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो। उहाँले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरण रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उहाँले बताउनुभयो। अध्यक्ष डा. शर्माले भन्नुभयो, “विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ।” उहाँले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउनुभयो। स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँको भनाइ छ। शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उहाँको भनाइ छ। डा. शर्माले भन्नुभयो, “हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौँ, आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ।”एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्छौ।” अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटरमा इन्ट्री गर्ने, रुजु गर्नेलगायत काम भइरहेको जानकारी दिनुभयो।कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो। बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो।रासस
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रक्षिण प्रतिष्ठान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी सांसदहरूले एसपीपीको अवस्थाका विषयमा जानकारी माग गर्नुभएपछि सभामुख सापकोटाले सो रुलिङ गर्नुभएको हो ।