जीवन यात्रा उत्साह र उमङ्ग बल्छीमा माछा । सपना पनि यौटा यात्राको बिन्दु
काबुल अफगानिस्तान), साउन ६ गते । सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो । “अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधि सञ्चालन गरेका थिए । तथापि यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँचयोग्य छैनन् ।”अफगानिस्तान नेसनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पस्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । “फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल साइटमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनका रूपमा नामकरण गर्ने पहिलो संस्था थियो,” अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ । फेसबुकको प्लेटफर्मले तालिबानलाई “आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो । फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबानविरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्स एपले पनि यो नीति लागू गरेको छ । तालिबानका अधिकारी तथा प्रवक्ता ट्वीटरमा पनि सक्रिय छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेषगरी महिला, किशोरकिशोरीसहित हजारौँ पत्रकार तथा सञ्चारकर्मी रोजगारीबाट वञ्चित भएका छन् । आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार सङ्घ (एन्जु)ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चारमाध्यम बन्द भएको देखाएको छ । यस सङ्कटले अखबारलाई सबैभन्दा धेरै असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन् । आईएफजेका लागि सङ्कलित प्रतिवेदनअनुसार अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ५१ टीभी स्टेसन, १३२ वटा रेडियो स्टेसन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन् ।रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युनामा)ले जारी गरेको प्रतिवेदनअनुसार मानव अधिकार उल्लङ्घनका कारण १७३ जनापत्रकार तथा सञ्चारकर्माी प्रभावित भएका छन् । तीमध्ये १६३ जना अधिकारकर्मी पीडित भएका थिए । रासस/एएनआई
नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्का तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा एक सय रुपियाँ अङ्कित दरले हुन आउने ५४ करोड ८८ लाख रुपियाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।
२५औँ वर्षमा प्रवेश गरेको अवसरमा एनआईसी एसिया बैङ्कले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । बैङ्कले यस २५ वर्षको यात्रामा आफ्ना सेयरधनीका लागि आव २०५६/५७ मा एक कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनी महानुभावको हालसम्म आइपुग्दा उक्त सेयर सङ्ख्या १३.१२ कित्ता पुगेको छ, जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ रुपियाँ बराबर रहेको बैङ्कका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिनुभयो ।
नेपाल बैङ्क र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गर्नुभएको हो । नेपाल रेमिटमार्फत आएको रेमिट्यान्स नेपाल बैङ्कको शाखा, एक्सटेन्सन काउन्टर तथा बैङ्कका सबएजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
नेपाल टेलिकमले साउन १ देखि समर अफर लागू गरेको छ । टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिहीबार भेटघाट भएका छ । मन्त्रालयमा भएको भेटघाटमा भारतसँग जीटुजी (सरकारदेखि सरकार) सम्झौता भए पनि हालसम्म रासायनिक मल नेपाल नआएको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ ।
लोकदोहोरी गायिका प्रीति आले र गायक टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानले सङ्गीत दिनुभएको छ ।
चर्चित गजल गायक भूपिन्दर सिंहको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । उनलाई पेटको समस्या थियो । उनको अन्तिम संस्कार मङ्गलबार राति करिब १२ः३० बजे मुम्बईको ओसिवारा घाटमा भएको थियो ।
चलचित्र ‘हिट : द फस्र्ट केस’ २०२० मा प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्रको रिमेक हो। चलचित्रलाई निर्देशक शैलेश कोलानुले रिमेकमा निर्देशन गरेका हुन् । चलचित्रको कथा विक्रम (राजकुमार राव)को वरपर घुमेको छ, जो एउटा प्रहरीको भूमिकामा देखिएको छ । उनको विगतमा एउटा दुर्घटना भएको हुन्छ, जसलाई उनले चाहेर पनि भुल्न सक्दैनन् । उक्त दुर्घटनाको असर उनको काममा समेत पर्न थाल्छ । यससँगै उनलाई आगोसँग डराउने (फायर फोबिया)समेत भएको हुन्छ । कुनै पनि ठाउँमा आगो लागेको देख्नेबित्तिकै उनी तर्सिने र टाढा
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा सङ्घीय सरकार मातहतका कर्मचारी नहुँदा स्वास्थ्यकर्मी (अहेब)ले पालिका धान्नु परेको छ। प्रमुख प्रशासकीय अधिकृत सङ्घअन्तर्गतको अधिकृत हुनुपर्ने भए पनि कर्मचारी नआउँदा स्वास्थ्यकर्मीले पालिका सञ्चालन गर्नुपरेको हो।
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको दुई ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष सात लाख बिरुवा रोपिने लक्ष्य राखेको छ । जिल्ला वन कार्यालय मातहत रहेका सातवटा नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका योजना अधिकृत अनिल साहले बताउनुभयो ।