कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजी कार्य जारी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जनता समाजवादी पार्टी डडेल्धुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका ६१ वर्षीय रामबहादुरलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय राजधानी मात्र नभएर राज्यको प्रमुख निकाय रहेको सिंहदरबार क्षेत्र नै अव्यवस्थित रहेको पाइएको छ । सडक, सवारीसाधन, भवन तथा पार्किङ र अन्य क्षेत्र समेत भद्रगोल अवस्थामा छ ।
यो देशको हावा, यो देशको पानी मिश्रण हो हाम्रो यो जिन्दगानी मरेपछि झनि म काम लागूँ गाड्नु मलाई यही माटोमुनि ।
बग्दै बग्दै जीवनको सुदूर हिमालबाट बेँसी, टार र पहाडका चाक्ला फाँटहरूमा आइपुगेको हो पसिनाको गन्ध
परदेश गयौ नेपाल छोडेरै वृद्धाश्रमझैँ भयो यता परदेशी भयौ खुसी रोजेरै जन्मभूमि बाँझो भो यता गाउँका घर गोठ सबै छन् रित्तै रित्तै पँधेरा पाखा बाआमा दुःखी मनै उनका रित्ता रित्तै उनका काखा ।
नीलो आकाश सबैका लागि एउटै हो तर त्यसका पछाडि लुकेका विश्वास सबैका भिन्दाभिन्दै र निजी हुन् । जति जति माथि उड्यो आकाश उति उति पर भाग्छ, मरुभूमिको तलाउझैँ । यो कस्तो दृष्टिभ्रम हो ? न बतासले उडाउने, न घामले पगाल्ने ? एउटा निकै ठूलो अस्पताल, भवन पनि ठूलो, नाउँ पनि ठूलो; त्यही अस्पतालको आकस्मिक कक्ष बाहिर आँगन भनौँ कि दलान भनौँ, त्यहीँनेर म उदास भएर बसिरहेको थिएँ । मेरो यताउति बसे
जीवन बिताउने थलो स्वदेशै हुनुपर्छ भन्ने कुरामा अब नेपाली समाज पनि चोखो रहेन । गाउँबाट सहर, सहरबाट सदरमुकाम, र सदरमुकामबाट राजधानी हुँदै परदेश स्थानान्तरण हुनुमा कुनै नौलो रहेन । यसै मेलोे र विषयवस्तुमा आधारित भएर कलम चलाउँदै आउनु भएको छ साहित्यकार दीपक प्याकुरेलले ।
आफूसँग मिल्दो साथीको ओत लागेर तादी–त्रिशूलीको सङ्गम जाल्पादेवीको दर्शनार्थ सुइँकुच्चा ठोक्न भित्री हृदयले मलाई उक्साइरहेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पार्थिव शरीर सेलाइएको जाल्पादेवीघाट दर्शनार्थ पुगिछाड्ने मेरो हठी स्वभावले अड्डी कस्यो । कोरोनाले घाइते मन बिसाउने यात्रा २०७८ साल फागुन १९ गते बिहीबार जु¥यो । वासस्थान भक्तपुरबाट जाल्पादेवी यात्राका लागि हाम्रो मोटर छुट्यो ।
राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको ओलम्पिक भनिन्छ, जुन खेलकुद मेलामा देशभरका प्रायः सबै चर्चित खेलाडी एकै थलोमा भेला हुन्छन् । यस महिना राष्ट्रिय खेलकुदको नवौँ संस्करण सम्पन्न भयो । प्रत्येक दुई वर्षमा गरिने भनिएको राष्ट्रिय खेलकुदको दसौँ संस्करण अब दुई वर्षपछि कर्णाली प्रदेशमा हुने
दक्षिण कोरियाका राष्ट्रिय सभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियाली प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ।
भजनी नगरपालिका–९, भुरुवाका सिउपाल राजीको दुई सन्तान सरकारी स्कुलमा पढ्छन्। एक बच्चा कर्मेश्वर र अर्का गणेशमान माध्यमिक विद्यालयमा। दुवैलाई पढाउन सिउपालले तीन हजार शुःल्क तिर्नुपर्छ। सिउपालले भन्नुभयो, “नाम लेखाएको मात्रै १५/१५ सय रुपियाँ तिर्दै आएको छु। भन्न त, निःशुल्क शिक्षा भनिन्छ तर पैसा तिर्नु पर्छ।”