नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् ।
सल्यान, कात्तिक १९ गते। बदर मत घटाउन सल्यानमा नमुना मतदान भएको छ। जिल्लाका ४ वटा पालिकामा नमुना मतदान भएको हो । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै दार्मा, शिद्धकुमाख गाउँपालिका, वागचौर र शारदा नगरपालिका नमुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा १० स्थानमा नमुना मतदान सञ्चालन गरिने छ। निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराईले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताउनुभयो। उहाका अनुसार निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो। निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा जिम्मेवारी तोकेको छ। जिल्ला निर्वाचनका कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन, निर्वाचन आचारसंहिता पालनाका लागि पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्डहल बजेट अभावमा बीचैमा अलपत्र परेको हो ।
सिराज खान नेपालगञ्ज, कात्तिक १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोरले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै नेपालमा विकास, स्थायित्व र समृद्धि हुने बताउनुभएको छ।बाँके क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री राठोरले चुनावी सभालाई सम्बोधन गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विकल्प नरहेको बताउनुभयो।लामो समयमसम्म जनताले गरेको सङ्घर्ष, बलिदान र त्यागबाट प्राप्त भएको संविधान र लोकतन्त्रको रक्षाका लागि सबै नेपाली पुनः एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । सहमहामन्त्री राठोरले निर्वाचनले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो।‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो । गर्न नसक्ने झुटो आश्वासन दिने होइन,’ उहाँले भन्नुभयो ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिँदैन । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक छ ।’ गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर-३ मात्र नभएर सिङ्गो मुलुकको समृद्धि र विकास हुने उहाँको भनाइ छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा शनिबार उदघाटन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्नुभएको छ । शनिबार कैलालीको धनगढी पुग्नुभएका डा. महतले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सय जनाको स्वास्थ्य बीमा गरिनेभएको छ । सुनकोशी गाउँपालिका –१ बलखु आम्बोटका सय जनाको स्वास्थ्य बीमा गरिनेभएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ ।