जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।
काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएको हो। राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको हो। यो सँगै बैंकबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ। अब बैंकले निक्षेपको चार प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ। राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत् कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो। बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ। पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा दुई प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।
काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जाकोे सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो। उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो। मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। शेयर धितो कर्जामा एउटा बैंकबाट चार करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ। अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ। मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेजसमेत गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
कोरोना महामारीका कारण तीन वर्षयता बन्द भएको चलचित्र हल पुनः सञ्चालनमा आउने भएको छ । सदरमुकाम तानसेनको पुरानो सिनेमा हलको स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याइने तयारी भएको हो ।
काठमाडौं, साउन ६ गते । 'द भ्वाइस अफ नेपाल सिजन-३' को टप चार प्रतिस्पर्धी गायक ज्वाला राईको नयाँ सांगीतिक सौगात 'मायाजाल' सार्वजनिक भएको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा तयार भएको भिडियो गायक राईको युट्युब च्यानल 'ज्वाला राई'मार्फत सार्वजनिक गरिएको हो । प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द र बिक्रम राईको सङ्गीत छ । देबेश राईको सङ्गीत संयोजनमा बनेको गीतमा लुटपाटको घटनालाई आधार बनाइएको छ । भिडियोमा मानषी तामाङ र गायक राईबीचको प्रेम र रोमान्ससमेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डिओपी र विशाल थापाको छायाङ्कन छ । यसअघि गायक राईको स्वरमा 'शीतल शितल', 'दौरा भन्दा खल्ती लामो', 'तिमी फूल' लगायत म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।
कर्णाली प्रदेशको माथिल्लो क्षेत्र अर्थात हिमाली भेगमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निकै बढेपछि माथिल्लो क्षेत्रमा वर्षा धेरै भएको पुष्टि भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फास्ट ट्याकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहँदै सांसद सुवालले नागरिकता विधेयक फास्ट ट्याकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताउनुभएको छ ।
विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।