• १३ साउन २०८१, आइतबार

गठबन्धनको पक्षमा बहुमत आउँछ : नेता महत

blog

कृतबहादुर विष्ट

फूलवारी (कैलाली), कात्तिक १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्नुभएको छ । शनिबार कैलालीको धनगढी पुग्नुभएका डा. महतले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

गठबन्धनका पक्षमा जनलहर चलेको बताउँदै डा. महतले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा दुई मत नभएको दाबी गर्नुभयो । डा. महतले भन्नुभयो, “विगतका सरकारले देशमा स्थिरता कायम गर्न सकेनन्, मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्छ ।” 

कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार आफूहरूले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । निर्वाचन परिणामपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुनै औपचारिक छलफल नभएको उहाँले प्रष्ट पार्नुभयो । कांग्रेस नै ठूलो दल बन्ने भएकाले ठूलो दलले नै नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको उहाँले बताउनुभयो ।