• ९ वैशाख २०८३, बुधबार

चन्द्रगढी महिला गोल्डकपमा पुलिसको साननदार जित

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी ।

लीलाराज खड्का 

बिर्ताकोड, वैशाख गते । झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपको बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबको टिमले पाहुना टोली भारतको रानी लक्ष्मीबाई फुटबल  एकेडेमीलाई ५-० गोल अन्तरले सहज पराजित गदै सेमिफाइनल प्रवेश पाएको छ ।  

सेमिफाइनलमा पुलिसले अर्को विभागिय टिम  त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । खेलको सुरुवाती अग्रता भने पाहुना टोली लक्ष्मीबाईले बनाएको थियो । खेलको १४औँ मिनेटमा लक्ष्मीबाईले अग्रता लियो ।

पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उहाँ रातो कार्ड खाँदै मैदान बाहिरिनुपरेको थियो  । उहाँको  स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गर्नुभयो । 

नाथको स्थानमा सहारा लिम्बुले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भएको मौकाको फाइदा उठाउदै लक्ष्मीबाईले अग्रता बनाएको थियो  । लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गर्नुभयो  । पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गर्दै खेलमा अग्रता बनाउनुभयो ।

१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो । पुलिसले ३८औँ मिनेटमा खेल बराबरी ग¥यो । मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काउनुभयो ।

खेलको ४६ औँ मिनेटमा पुलिसले अर्काे गोल गर्दै खेलमा फर्किएको थियो  । पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टचमै  गोल गर्नुभयो ।

५३औँ मिनेटमा पुलिसले तेस्रो गोल गर्नपुग्यो  । पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको अग्रता बढाउन सफल बनेको थियो ।  खेलको ६७औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले पुलिसका लागि चौथो गोल गर्नुभयो । पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गर्नपुग्नुभयो ।

पुलिसका खेलाडी यतिकैमा रोकिने स्थितिमा हुनुहुन्थेन । खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै टिमको  गोल अन्तर ५–१ मा बनाउनुभयो । मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना हुनुभयो  । रानाले  नगद ११ हजार रुपिँया पुरस्कार प्राप्त गर्नुभयो ।

बिहीबारको  अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबिच हुनेछ । हरियो जर्सीमा नेपाल पुलिस क्लव र सेतो जर्सीमा पाहुना टोली लक्ष्मीबाई फुटबल एकेडेमीका खेलाडीहरु । 



 





‎