अस्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जनाको नाम आयोगमा सूचिकृत भएको छ ।
निर्वाचन आयोगले सिन्धुपाल्चोक जिल्लाको दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ । निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार गठन हुने उहाँको भनाइ छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी प्रतिबद्वतापत्र शनिबार सार्वजनिक हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि दिउँसो २ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताउनु भएको छ ।
पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले गुल्मी २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभएको छ । निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) को राजनीतिक भविष्य पनि सकिने उहाँको दाबी छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।