घोराही उपमहानगरपालिका वडा नम्बर ११ चाँचलामा विद्युत् पुगेको एक वर्ष बित्यो। विकट बस्तीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को भित्री सक्राम हुँदै करिब छ किलोमिटर विद्युत् तार विस्तार भए पनि अझै सेवा सुरु हुन सकेको छैन। थ्री फेसको लाइन पुगे पनि स्थानीय सेवा प्रवाहमा जोडिन पाएका छैनन्।
पाल्पाका निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले मत बदर हुन नदिन छुट्टै टोली बनाएर मतदातालाई मत हाल्न सिकाएका छन्। जिल्लामा गठबन्धनका तर्फबाट विभिन्न दलका उम्मेदवार बनेकाले मत बदर हुने आकलनसहित मतदातालाई मत दिन सिकाउने गरिएको उम्मेदवारको भनाइ छ। खासगरी सत्ता गठबन्धनबाट पाल्पा क्षेत्र नं. २ मा तीन दलका उम्मेदवार भएकाले मतदातालाई शिक्षा दिन टोली खटाइएको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडाहरूमा मतदाता शिक्षा सञ्चालनको तयारी गरिएको छ। निर्वाचन आयोगको निर्देशिकाअनुसार जिल्लाका दसवटै स्थानीय तहले सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा जनशक्तिका रूपमा तयार गरेका हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘क्यालिब्रेसन’ उडानको तयारी गरिएको छ। विमानस्थल सञ्चालनका लागि पूर्व रिठेपानी डाँडा कटान सकिएलगत्तै क्यालिब्रेसन उडान हुने जनाइएको छ। विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार एक हप्ताको सूचनापछि डाँडा कटान सुरु हुनेछ। रिठेपानी डाँडा १४ मिटर काटेपछि परीक्षण उडान गर्न सकिने प्रमुख मुनाकर्मीले बताउनुभयो।
जनतासँग भोट माग्नका लागि उम्मेदवारले अनेक उपाय रच्न थालेका छन्। कोही खेतबारीमै पुगेर धान काट्न र झार्न सघाउने, कोही खुट्टा ढोग्ने, कोही घाँसको भारी बोक्नेलगायत यस्तै यस्तै गतिविधि सञ्चालन गर्दै आएका छन्।
विराटनगरका उद्योगी व्यवसायीले उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा सङ्कट आउने भन्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् । उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीलाई एकल अङ्कको ब्याजदर वा बैङ्कको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको हो ।
स्कुल बिदा तथा फुर्सदको समय सिर्जनात्मक कर्ममा सदुपयोग गर्न प्रेरित गर्ने ‘योङ पिकासो’ले स्कुलका विद्यार्थीका सिर्जनात्मक कलाको प्रदर्शनी आयोजना गरेको छ। पाटन सङ्ग्रहालयमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धर र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ‘इसेन्स अफ कलर’ शीर्षकमा ६ स्कुलका विद्यार्थीको उत्कृष्ट सन्देशसहितको कला प्रदर्शनी संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)मा विश्वभरिबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ। मञ्चन तालिकाअनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन सो हुनेछन्। आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।
अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ । २०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा तत्कालका लागि जेनेरेटर सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिरोले क्षति पु-याएका स्थानीय विद्युत्गृह मर्मत गर्न समय लाग्ने भएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
विगतका निर्वाचनको तुलनामा निर्वाचन आयोगले यस पटक धेरै पक्षलाई सुव्यवस्थित गरेको छ। आचारसंहितालाई प्रभावकारी बनाउँदै राजनीतिक दल र उम्मेदवारलाई मतदातासमक्ष पुग्न समयतालिकालाई मितव्ययी र मर्यादित बनाउने प्रयास गरेको छ। त्यसैको फलस्वरूप मतदानको १७ दिनअघि मात्र प्रचारप्रसारका निम्ति खुला गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान अर्थात् मङ्सिर ४ आउन १७ दिन बाँकी रहँदा बिहीबारदेखि नयाँ चरण आरम्भ भएको छ। नयाँ चरणअन्तर्गत राजनीतिक दल र उम्मेदवारले बिहीबारदेखि आम
विश्व बजारमा अमेरिकी डलरको मूल्य बढ्दै गएको छ। त्यसैले डलरको महìव झन् बढ्दो छ। नेपालजस्ता अति कम विकसित मुलुकको अर्थतन्त्र आत्मनिर्भर नहुने र खाद्यान्न, लत्ताकपडालगायत औषधि र कच्चा पदार्थसमेत आयात गर्नुपर्ने बाध्यताकै कारण अमेरिकी डलरको सञ्चितिमा चाप पर्छ। हाम्रो अर्थतन्त्र आत्मनिर्भर छैन र अधिकांश वस्तु आयात गर्नु परिरहेको छ। आयातमा वृद्धि र निर्यातमा कमी हुँदा शोधनान्तर घाटा बढिरहेको छ। २० खर्बको आयात हुँदा केवल दुई खर्ब मात्र निर्यात गर्छौं कसरी देशको अर्थतन्त्र आत्मनिर्भर हुन सक्छ ?
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा सदस्य र सातवटै प्रदेशमा प्रदेश सभा सदस्यको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ। यसका लागि सबै राजनीतिक दल आ–आफ्नो राजनीतिक हैसियतअनुसार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्। लोकतन्त्रमा आवधिक निर्वाचनको महìवपूर्ण भूमिका रहन्छ।
शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथरस्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् ।