गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो ।
नेपालको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादनमा ध्यान दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।
निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।
प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौं सम्पदाको सहर भएको यसलाई नमुनाको सहर बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
तनहुँमा डेंगुको सङ्क्रमण बढेको छ । सदमुकाम दमौलीसहितका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो।
अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । सिड्नीका बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले हरायो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
युवा लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको सो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको सापकोटाले बताउनुभयो ।
काठमाडौं, कात्तिक १७ गते । नेपालले बङ्गलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हरायो । नेपालको जितमा वर्षा ओलीले चार गोल गर्नुभयो । सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गर्नुभयो । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो । नेपालका लागि वर्षाले खेलको पहिलो मिनेटमै गोलको खाता खोल्नुभएको थियो ।वर्षाले १७औँ र ३४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । उहाँले ३५औँ मिनेटमा चौथो गोल गर्नुभयो । सुक्रियाले ६५औँ र ७२औँ तथा सेनुले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ६७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो ।भुटानकी गोलरक्षक दिक्षिता राई रातो कार्ड पाउँदै बाहिरिनुभयो । डीबक्स बाहिर आएर बल समाएपछि उहाँले रातो कार्ड पाउनुभएको हो । तीन टोली सहभागी प्रतियोगितामा पहिलो जितसँगै तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।समान तीन अङ्क बनाएको आयोजक बङ्गलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । बङ्गलादेशले भुटानलाई ८–० गोलले हराएको थियो । भुटानले भने लगातार दोस्रो हार खेपेको छ । डवल राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि एमालेले जनताको विश्वासको मत प्राप्त गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित चुनावी प्रतिबद्वतापत्र सार्वजनिक गर्ने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पञ्जाव प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो ।
क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।
जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ ।
मधेश प्रदेशले प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले प्रदेश–१ लाई ७२ रनले हरायो ।