आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताका माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्नुभएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ आइपुग्नु भएको हो ।
बी–५२ बम्बर विमान स्पेनको भूमध्य सागर तटीय क्षेत्रमा इन्धनवाहक केसी–१३५ विमानसँग आकाशमै ठोक्किएको थियो। सम्भावित भयङ्कर घटनाबाट जोगिन विमानमा रहेका ७० किलो टनका हाइड्रोजन बममध्ये तीनवटा पालोमेस नगर नजिकै र एउटा समुद्रमा खसालियो। यसरी अमेरिकाले परमाणु दुर्घटना बेहोरेको यो पहिलो र अन्तिम घटना थिएन।
शरद्को शीतल बिहान । छ किलो फलामझैँ गह्रौँ मन बोकेर उठेँ म । तलतिर त्रिवेणी बगिरहेछ । ढुङ्गाका कापकाप फोडेर बगेको नदीको कलकल सुसेली मलाई नमीठो लागिरहेछ । मानौँ, आफ्नै मुटुका कापकाप फोड्दै निस्केको आफ्नै बिरही बिलौना हो त्यो सुसाहट ।
यहाँका एक गाउँका स्थानीयवासीको सक्रियतामा करोडौँ रकम जुटाएर गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । सामूहिक एकता र इच्छाशक्ति भए नमुना काम गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका स्थानीयहरूले उदाहरण प्रस्तुत गरेका छन् ।
“हामी एक भारी घाँस नकाटी स्कुल जानै पाउन्नथ्यौँ । नटालेको भन्ने लुगा नै हुँदैनथ्यो । आज आफूले खाइ नखाइ सबै कुरा पु¥याइदिँदा मात चढेर स्कुल पो जान्न भन्छ । के गरेर जीवन चलाउने होला यसले ।” घामको रापसँगै कचकचको ताप चढ्न थालेको थियो सन्तुका घरमा । “केटाकेटीलाई सधैँ झपारेर मात्र हुन्छ र, उसको कुरै नसुनिदिएपछि के गरोस् त विचरा ! आइज बाबु भित्र ।” आमाले सन्तुको कपाल मुसार्दै भान्सातिर लैजानुभयो
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएसँगै उहाँले मन्दिरको दर्शन गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन्। त्रिदेशीय नाका जोड्ने सो मार्ग बझाङ सदरमुकाम चैनपुरबाट १०३ किलोमिटर दूरीको छ। यस पटकसमेत सत्ता गठबन्धन दल र नेकपा (एमाले)ले यसलाई चुनावी मुद्दा बनाएका छन्। यद्यपि हरेक चुनावी मुद्दा बन्ने सो सडक बजेटमा चाहिँ प्राथमिकतामा नपर्ने गरेको मतदाताको गुनासो छ।
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन्। त्रिदेशीय नाका जोड्ने सो मार्ग बझाङ सदरमुकाम चैनपुरबाट १०३ किलोमिटर दूरीको छ। यस पटकसमेत सत्ता गठबन्धन दल र नेकपा (एमाले)ले यसलाई चुनावी मुद्दा बनाएका छन्। यद्यपि हरेक चुनावी मुद्दा बन्ने सो सडक बजेटमा चाहिँ प्राथमिकतामा नपर्ने गरेको मतदाताको गुनासो छ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। उद्यानलाई व्यवस्थित गरिएपछि अवलोकन गर्नेहरूको चहलपहल बढ्न थालेको हो। वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन्। उनीहरूबाट पाँच लाख १७ हजार २१५ रुपियाँ राजस्व सङ्कलन भएको वनस्पति अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यसैगरी गत आर्थिक वर्षको असारमा करिब ५२ हजार रुपियाँ राजस्व सङ्लन गरिएको थियो।
हिमपातले बाटो अवरुद्ध भएका उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन निकै चुनौती भएको छ। असोजको अन्तिम साताको वर्षासँगै भएको हिमपातले अवरुद्ध सडक नाका अझै खुल्न सकेको छैन। मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभईकन मतदान कर्मचारी पठाउन सकिने अवस्था छैन।
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।