• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति भण्डारी मुस्ताङमा

blog

म्याग्दी, कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्नुभएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ आइपुग्नुभएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति अनावरण र  विष्णुको मूर्तिको शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति फर्कनुहुन्छ । 

मुक्तिनाथ मन्दिरमा दर्शन, बुद्ध मूर्तिको अनावरण एवम् विष्णुको मूर्तिको शिलान्यास पछि ‘लो मुस्ताङ हिमालयन रिसाेर्ट’ गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिपोर्ट’को उद्घाटन गर्नुहुनेछ  । 

राष्ट्रपति भण्डारीले गतवर्ष पनि मुक्तिनाथमा पूजा अर्चन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिने ३५ फिट उचाइको भगवान् विष्णुको मूर्तिको आज नै शिलान्यास गर्नुहुने भएको छ । अनावरण गरिएको बुद्ध मूर्ति निर्माणका परिकल्पनाकार सोनाम लामाले गर्नुभएको थियो । ३० महिना लगाएर निर्माण गरिएको बुद्धको मूर्ति तीन हजार ७१० मिटरमा रहेको मुक्तिनाथ मन्दिर क्षेत्रमा छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अनावरण गरिएको मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण भएको ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति । 

Author

अमृतप्रसाद पौडेल