• १३ साउन २०८१, आइतबार

हटाइयो प्रचार सामग्री

blog

जनकपुरधाम कात्तिक १९ गते । जनकपुरधामको जानकी मन्दिरलगायत विभिन्न स्थानमा नियमविपरीत टाँसिएका र झुन्ड्याइएका निर्वाचन प्रचार सामग्री हटाइएको छ।  

निर्वाचन अनुगमन टोलीले शुक्रबार विभिन्न स्थानमा नियमविपरीत लगाइएका चुनाव प्रचारप्रसारका ब्यानर, पोस्टर, पम्प्लेटहरू हटाएको छ। अनुगमन अधिकारी वीरेन्द्रकुमार मिश्रसहितको टोलीले जानकी मन्दिरको पर्खाल र त्यहाँदेखि जनक चोकसम्मको बाटोमा राखिएका सामग्री हटाएको हो। अनुगमन अधिकारी मिश्रले आचारसंहिताविपरीत राखिएका सामग्री हटाइने र टाँस्न रोक लागाउने जानकारी दिनुभयो।