• १३ साउन २०८१, आइतबार

‘बगेको खोला’लाई गोधूलि पुरस्कार

blog

विराटनगर, कात्तिक १८ गते। दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ। 

गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपियाँ र ताम्रपत्रसहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रूपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो। 

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष गङ्गा लिगलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। 

विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त हुनुहुन्छ।