• १६ भदौ २०८१, आइतबार

राष्ट्रपतिद्वारा भगवान बुद्धको प्रस्तर मूर्ति अनावरण

blog

मुक्तिनाथ मन्दिर परिसरमा भगवान् बुद्धको प्रस्तर मूर्तिको अनावरण एवम् भगवान् विष्णुको प्रस्तर मूतिको शिलान्यास गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बीरः सुशीलबाबु थकाली/रासस

मुस्ताङ, कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित ३५ फिट अग्लो भगवान् गौतमबुद्धको मूर्ति अनावरण गर्नुभएको छ । साथै राष्ट्रपतिले सोही स्थानमा निर्माण गरिने भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ ।