• ८ जेठ २०८१, मङ्गलबार

प्रमुख आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता

blog

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताको भेटवार्ता । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १६ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच बुधबार भेटवार्ता भएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो ।

उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ ।