• १६ भदौ २०८१, आइतबार

मतदाताले भविष्य बोक्नसक्ने उम्मेदवारलाई रोज्नुपर्छ : नेता केसी

blog

विदुर नगरपालिका अन्तर्गत ऐतिहासिकस्थल नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता अर्जुननरसिंह केसी ।

नुवाकोट, कात्तिक १६ गते। नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा इतिहास र भविष्य बोक्नसक्ने उम्मेदवारलाई मतदाताले रोज्नुपर्ने बताउनुभएको छ।  विदुर नगरपालिका अन्तर्गत ऐतिहासिकस्थल नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाटलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

लोकतान्त्रिक वाम गठबन्धन कुनै व्यक्ति जित्न नभएर राष्ट्र हितमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न भएको उहाँको भनाइ छ। संविधानको रक्षा गर्न, विकासको गति बढाउनको लागि गठबन्धन गरिएको उहाँले प्रष्ट पार्नुभयो।  

नेता केसीले भन्नुभयो, ‘‘जनताले मङ्सिर ४ मा मतदानमार्फत आफ्नो प्रतिनिधि रोज्नुहुन्छ। इतिहास र भविष्य बोक्नसक्ने उम्मेदवारलाई मतदान गरेर रोज्नुहुन्छ, यसले देशको भविष्य निर्माण गर्छ।’’  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा, प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा र आफू नुवाकोटमा जित्न गठबन्धन नभएको समेत उहाँले प्रष्ट पार्नुभएको छ।