• २४ साउन २०८२, शनिबार

देशभरको मौसम सफा रहने

blog

काठमाडौं, कात्तिक १६ गते ।  देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागहमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पनि विभागले जनाएको छ ।