उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्कीले दिएको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्नुहुन्छ ।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । दार्चुलामा गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री काङ्ग्रेस नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।
४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान् प्रा. सुवर्ण शाक्यलाई सम्मान गरेको छ। नेपाल संवत् ११४३ का अवसरमा नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै ओलम्पस अवार्ड कार्यक्रममा ८७ वर्षीय शाक्यलाई सम्मानित गरिएको हो।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार घटेको छ । यस वर्ष असोज १ देखि कात्तिक १३ गतेसम्म सञ्चालन भएको सुपथ मूल्य पसलमा साल्ट टे«डिङले गत वर्षभन्दा कम कारोबार गरेको हो । यो वर्ष दुई करोड ८७ हजार रुपियाँको कारोबार भएको साल्ट टे«डिङले जनाएको छ । अघिल्ला वर्षहरूमा दशैँ–तिहार सुपथ मूल्य पसलमा लगभग पाँच करोड रुपियाँको कारोबार हुँदै आएको थियो ।
डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ सार्वजनिक भएको छ । उक्त पुस्तक सोमबार राजधानीमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालका संस्थापक अनुराधा कोइराला, समाजसेवी तुलसी सुब्बा, लेखक डा. अर्चना थापा र लेखक डम्बरकुमारी तिम्सिनालगायतले लोकार्पण गर्नुभएको हो ।
आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरीले दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरेको छ । प्रहरीले निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अगाडी बढाइएको जनाएको छ ।
बुद्ध धर्मसँग सम्बन्धित लोपोन्मुख नाच चर्या नृत्यको संरक्षण र प्रवद्र्धनमा अहिले अमेरिकामा रहेको नृत्य मण्डला महाविहार पोर्टल्यान्ड बहाः जुटिरहेको छ। चर्या नृत्य गुरु प्रज्वलरत्न वज्राचार्यको समूह अहिले काठमाडौँ उपत्यकाका विभिन्न विहार, बहाःमा चर्या नृत्यको प्रदर्शनीमा व्यस्त रहेको छ। यसै क्रममा सो टिमले हालै इटुम्बहालमा चर्या नृत्य प्रदर्शनी गरेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेस (बीपी)बाट चुनावी मैदानमा प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी हुनुहुन्छ । डडेल्धुराबाट प्रधानमन्त्री देउवाले यसअघि छवटा संसदीय निर्वाचन जित्नुभएको थियो ।
तिहार सकिएपछि डडेल्धुरामा जाँतको रौनक सुरु भएको छ । तिहारपछि डडेल्धुराका अधिकांश मन्दिरमा कात्तिक र मङ्सिर महिनाभित्रै धार्मिक, सांस्कृतिक विधिपूर्वक पूजाआजासहित जाँत मनाइने प्रचलन छ । तिहारको ठीक पाँच दिनपछि जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका–७ को शैलेश्वर खोला किनारमा रहेको मसानघाट सल्लागडामा भगवान् शैलेश्वर महादेवको विषेश पूजाआजासहित जाँत मनाइने गरिन्छ ।
कैलालीको भजनी नगरपालिका–७, हिम्मतपुर घाटस्थित मोहना नदीमा डुङ्गा सञ्चालन गरिएपछि दुई देशका नागरिकलाई ओहोरदोहोर गर्न सहज भएको छ । भजनी नगरपालिकालाई राजस्व तिर्ने गरी स्थानीय ठेकेदारद्वारा डुङ्गा सञ्चालन गरिएपछि नेपाल–भारत दुवै देशका नागरिकलाई आउजाउ गर्न सहज भएको हो ।
वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिने मास्टर जब नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ ।
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले विविध कार्यक्रम गरी १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कको वार्षिकोत्सवको अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैङ्कमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गर्नुभयो ।