• १ असार २०८२, आइतबार

शाक्यद्वय सम्मानित

blog

काठमााडौँ, कात्तिक १५ गते । ४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान् प्रा. सुवर्ण शाक्यलाई सम्मान गरेको छ। नेपाल संवत् ११४३ का अवसरमा नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै ओलम्पस अवार्ड कार्यक्रममा ८७ वर्षीय शाक्यलाई सम्मानित गरिएको हो।

यसैगरी नयाँ पुस्तामा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई दिने अवार्ड नवोदित गायक उजं शाक्यलाई प्रदान गरियो। अहिले नेपाली युवाका ढुकढुकी बन्नुभएका उजंले सो कार्यक्रममा सुवर्ण शाक्यले रचना गर्नुभएको गीत पनि प्रस्तुत गर्नुभएको थियो।