सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कर्णालीका हिमाली जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु-याइएको छ । मतपत्र समयमै पुग्ने कर्णालीमा शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पाठ्यपुस्तक भने पुग्नसकेका छैनन् ।
वराहताल गाउँपालिका–१० का बलबहादुर शाहीसँग विभिन्न दलका नेता तथा कार्यकर्ताले मत मागिरहन्छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा उहाँको घरमा पनि उम्मेदवार तथा पार्टीका कार्यकर्ता पुग्ने गरेका छन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी पाँच वर्ष विकास र निर्माणको वर्ष हुने बताउनुभएको छ। बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँले गएको वर्षमा विकासका धेरै आधार तयार पार्न सरकार सफल भएको दाबी गर्दै आगामी पाँच वर्ष विकास र निर्माणका वर्ष हुने बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीले घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको छ। प्रशासन कार्यालयमा कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले सेवाग्राहीको भीड लाग्ने गरेको छ।
लमजुङको ग्रामीण भेगमा भीरमह सिकारको मौसम सुरु भएको छ। भीरमहको सिकार पर्यटन प्रवद्र्धनका लागि आकर्षक मानिएको छ। गाउँपिच्छे फरक–फरक भीरमा मह सिकार गर्ने प्रचलन छ। सामुदायिक रूपमा भीरमह सिकार गर्ने यहाँको पुरानै परम्परा हो। गाउँहरूले मिलेर भीरमह सिकार गरी आपसमा बाँड्ने गरिन्छ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले आफूहरूको एजेन्डा कृषि र शिक्षा रहेको बतााएका छन्। कृषि क्षेत्रमा आबद्ध भएका किसानलाई राहतदेखि अनुदानसम्म र मलदेखि कृषिमा आधुनिकीकरण तथा यन्त्रीकरणसम्मको एजेन्डा लिएर मत माग्न जाने उम्मेदवारले बताएका छन्। आफूहरूको प्राथमिकतामा कृषि र शिक्षा भए पनि समग्र विकास, समृद्धि र सुशासन पनि आफ्नो प्रतिबद्धतापत्रमा राखेको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज बिन्दु उपयोगमा ल्याउने तयारी गरेको छ । यसका लागि हाल रहेको ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु उपयुक्त हुने देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जलवायु परिवर्तनका कारण नेपालको अर्थतन्त्रले मूलतः तीन तरिकाका असर भोग्ने अवस्था देखिएको विश्व बैङ्कले जनाएको छ । सोमबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटले जलवायु परिवर्तनको ठूलो जोखिम कृषि क्षेत्र, पूर्वाधार संरचना, श्रम उत्पाकत्वमा सिर्जना गर्ने देखिएको औँल्याएको छ ।
भन्सार विभागको पछिल्लो तथ्याङ्कले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा ह्रास आएको देखाएको छ। यस अर्थमा २०७९ सालको साउन, भदौ र असोज गरी तीन महिनामा नेपालले गर्ने विदेशी सामानको आयातसँगै यहाँबाट निर्यात हुने वस्तुमा समेत कमी आएको छ। प्राप्त तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको तीन महिनामा आयातमा १६ प्रतिशतभन्दा बढीले कमी आएको छ। गत आ
लोकतान्त्रिक मान्यता र संविधानअनुरूप २०७४ मा पहिलो निर्वाचन सम्पन्न भई दोस्रो कार्यकालका रूपमा स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भइसकेको छ। मुलुक प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चुनावी सम्मुखमा छ। पछिल्लो साठीको दशक संविधान निर्माणको दशक, त्यसपछिको सत्तरीको यो दशकलाई कानुन निर्माण र कार्यान्वयनको दशक भनेर अथ्र्याउने गरिन्छ । कानुनी राज्यको विकासक्रम र अवधार
गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बनेको छ ।
जनताका लागि जनताद्वारा गरिने जनताको शासन नै लोकतन्त्र हो। शासकीय मामिलामा जनताको सहभागिता र नियन्त्रण रहने राजनीतिक व्यवस्था नै लोकतन्त्र हो। प्राचीन समयमा नागरिक आफैँ उपस्थित भएर राज्य सञ्चालनका मामिलामा निर्णय लिने गर्दथे। यो प्रत्यक्ष लोकतन्त्र थियो। समयक्रमसँगै राज्यको सीमा र जनसङ्ख्या बढ्दै जाँदा सबैजना एकै ठाउँ भेला भएर निर्णय गर्न नसकिने भयो र उनीहरूले आफ्ना प्रतिनिधिमार्फत शासन व्यवस्थामा सहभागिता जनाउन थाले। यसबाट अप्रत्यक्ष लोकतन्त्रको अभ्युदय भयो। आधुनिक विश्वका प्रायः सबै मुलुकले अवल
कात्तिक महिनाले नेपाली मौलिक संस्कृतिको पहिचान दिन्छ। ठूला चाडपर्व यही महिनामा पर्ने भएकाले पनि कात्तिकको विशेष महत्व छ। त्यसो त हरेक महिना, दिन, गते, बार वा पलको उत्तिकै महत्व हुन्छ। यो जगत्, मानव जीवन वा सम्पूर्ण जीव र वनस्पतिको उत्तिकै महत्व छ। जगत्, जीव, वनस्पति वा प्रकृतिको चर्चाको सन्दर्भ होइन यो, यससम्बन्धमा अलिक धेरै चर्चा गर्न सक्ने विश्लेषक थिए– प्रदीप गिरी। डेढ/दुई महिनापहिले मा
नेपालीले महान् चाड दशैँ र तिहार मनाइसकेका छन्। तराईमा बस्ने मुख्य गरेर मैथिलवासीले धुमधामका साथ छठ पर्व मनाए। कोरोनाका कारण दुई वर्ष जसोतसो छठ पर्व मनाएका भक्तालुले यसपालि पानीका मुहान सफा गरेर तन, मन, धनले श्रद्धापूर्वक छठ पर्व मनाए। यसपालि कोरोनाको सङ्क्रमण घटेसँगै आफन्तबीच चाडबाडको बेला मास्क प्रयोग गरिएको खासै देखिएन। देशका धेरैजसो भागमा चाडपर्वको रौनक सकिए पनि सुदूरपश्चिमको बैतडीमा भ