काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा थप दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ । यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या ३० पुगेको छ ।
काठमाडौं, साउन १ गते। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ। आइतवार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग सोधपुछ गरेको बताउनुभयो। उहाँले आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो। शनिबार समितिले मुल गेटदेखिका सीसीटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो। सचिव अर्यालले आइतबार नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताउनुभयो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो।
इन्धनमा मितब्ययिता कायम राख्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने नीति कार्यान्वयनमा ल्याएको छ । उपमहानगरपालिकाको नगरसभाले हालै गरेको निर्णय कार्यान्वयनका लागि नगरप्रमुख प्रशान्त विष्टले साउन १ गते आईतबार विद्युतीय अटोरिक्सा प्रयोग गरेर निवासबाट कार्यालय तथा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।
काठमाडौं, साउन १ गते। चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ। नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ। त्यसैको निरन्तरता स्वरुप आइतबार पनि सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ। आइतबार नेप्से परिसूचक १.९३ अङ्कले बढेर २०११.३९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अङ्कले घटेको छ। आइतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से झिनो अङ्कले बढे पनि कारोबार रकम भने घटेको छ। नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। तर यता, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।नेप्से सामान्य अङ्कले बढेसँगै राधी विद्युत् कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी छ। यता,सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ। अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धिमुलक कुराकानी भएको बताउनुभएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले अहिले घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । टिटवुड ग्लासगो मैदानमा स्टटल्यानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
काठमाडौं, साउन १ गते। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नुभयो।सभामुख सापकोटाले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राख्नुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।राजदूत श्रीवास्तवसँगको भेटमा सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको उल्लेख गर्नुभएको छ।दुई देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको सभामुख सापकोटाको विश्वास छ।भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ। जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने सभामुख सापकोटाको धारणा छ।सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको सम्झना गर्नुभएको छ।लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राख्नुभयो।जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।
नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको तरुण सरदेशाई गल्फ एकेडेमीमा छात्रवृत्ति पाउनुभएको छ । नेपाल गल्फ संघ र संघका अध्यक्ष तासी घलेको सहयोगमा गत महिना मात्र प्रशिक्षणका लागि उक्त एकेडेमीमा जानु भएका सुवासलाई एकेडेमीले लामो समयसम्म प्रशिक्षणको अवसर दिएको हो ।
बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११औं नम्बरमा पर्दछ ।
गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएपछि नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन अपुग भएको भन्दै सात अर्ब ऋण सहयोग गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्दनका विषयमा विचारविमर्स भएको थियो ।
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
कैलाली जिल्ला अदालतले आर्थिक वर्ष २०७८–७९ मा एक हजार ६६४ मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७७–७८ को जिम्मेवारी सरिआएकोसहित तीन हजार ८८ मुद्दामध्ये ५३.८८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको हो ।
डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।