• ९ मंसिर २०८१, आइतबार

दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

blog

जीर्ण अवस्थामा रहेको रेप्का पुल । तस्बिर : तिलाचन पाण्डे

तम्घास, कात्तिक १५ गते ।  गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बनेको छ ।

गण्डकी प्रदेशको स्याङ्जाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोडने रेप्कामा रहेको मोटरे बल पुल २०५२ सालमा काली गण्डकी जलविद्युत् परियोजना ए निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोडने गरी काली गण्डकी नदिको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल  वर्षौँदेखि  जीर्ण बन्दै गएको छ । 

कालीगण्डकी नदिले पुलको पिलरहरूमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो ।  बुटवल र  पोखरादेखि  गुल्मीको पुर्तिघाट र बागलुङसम्म जाने सवारी साधनहरूले उक्त पुलको प्रयोग गर्दै आएका छन् ।  सो पुल मर्मतका लागि सामान्य कामहरू गर्दै आए पनि पुल जीर्ण नै छ ।  दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्ता नगरेको सवारी धनीहरू र स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।  

जुनसुकै समयमा पनि पुल  भत्किन सक्ने तर कसैले पनि चासो नदेखाएको  स्थानीय तिलक  रानाले गुनासो गर्नुभयो । वर्षौदेखि जीर्ण रूपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरूमा र नेताहरूको पहुँचको आधारमा विकास गर्ने र खोला नै नभएका ठाउँहरुमा पुल निर्माण गर्ने  अवस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन् । 

दुई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको पहल जारी रहेको कालीगण्डकी गाउँपालिका गुल्मीका  अध्यक्ष बहादुर थापाले बताउनुभयो । दुई वर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका  लागि सडक विभागबाट डिजाइन तयार भई टेन्डरको प्रक्रियामा रहेको उहाँको दाबी छ  । 

Author

तिलाचन पाण्डे