सुर्खेतको सिम्ता गाउँपालिका –६ ठिग्रीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेसँगै जोखिम बढेको छ । ठिग्नीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेपछि आवतजावत गर्ने नागरिकलाई जोखिम बढेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष बढाउँदै लैजाने र पाको उमेरमा अरुको भर नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । गर्न सकुन्जेल अरुको आशा गर्न नहुने र नसकेका दिन भरथेग हुने किसिमको दायित्व राज्यले लिने उहाँले बताउनुभयो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ ।
‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।
माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा पड्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।
देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने छ ।
भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज (सोमबार) बस्दैछ । सचिव प्रेम केसीले बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल हुन लागेको जानकारी दिनुभयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ्ग र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ ।
आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।