• १३ साउन २०८१, आइतबार

१६१ जनाले चढे मनासलु

blog

काठमाडौँ, कात्तिक १५ गते । यस वर्षको शरद ऋतु (असोज–कात्तिक)मा मनासलु हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनासलुको चुचुरोमा पुगेका हुन् । 

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि मात्रै ३८ आरोही समूहका ७९ महिला र ३०७ पुरुष गरी कुल ४०४ जनाले आरोहण अनुमति लिएका थिए ।

उहाँले यस मौसमको मनासलु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताउनुभयो । अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनासलुको चुचुरोमा पुगेको जनाइएको छ । यस पटक मनासलु आरोहण सुरु हुनै लाग्दा मनासलु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो । 

मनासलु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने १६१ आरोहीले आठ हजार १६३ मिटर अग्लो मनासलु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । मनासलु मानसिरी पर्वतशृङ्खलामा पर्छ । यो मौसमका लागि मनासलु आरोहण आकर्षक मानिन्छ । 

वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । वसन्त ऋतुमा बढी सगरमाथालगायत हिमालको आरोहण हुने गरेको छ । 

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८,८४८. ८६ मिटर), मनासलुलगायत हिमाल तथा चुली आरोहणका लागि १४६ आरोही समूहका एक हजार २३८ आरोहीले आरोहण अनुमति लिएका छन् । शरद ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । 

सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो मौसम आरोहणको उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनासलु आरोहणमा सर्वाधिक आरोही आउने गरेको बताउनुभयो ।