• १७ असार २०८१, सोमबार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन

तीन हजार एक सय कर्मचारी खटिने

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, कात्तिक १४ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार ११२ कर्मचारी खटिने भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको १९० मतदान स्थलमा रहेका छन् । ३८९ मतदान केन्द्रमा ३८९ जना मतदान अधिकृत र ३८९ सहायक मतदान अधिकृत खटाइनेछ । 

यसैगरी एक मतदान केन्द्रमा पाँच जना सहायक कर्मचारीका दरले जिल्लाको ३८९ मतदान केन्द्रमा एक हजार ९४५ सहायक कर्मचारी र ३८९ मतदान केन्द्रमा ३८९ जना कार्यालय सहयोगी खटाइने जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताउनुभयो । 

उहाँले एउटा मतदान केन्द्रमा चार जना स्वयंसेवक खटाउने बताउनुभयो । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिनेछन् । 

निर्वाचनमा एक हजार चार जना नेपाल प्रहरी र एक हजार ८८७ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायले छुट्टाछुट्टै गस्ती गर्ने, मतदान अधिकृतको कार्यालयको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।