• १७ असार २०८१, सोमबार

मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल

blog

भरतपुर कात्तिक १४ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनुभएको छ । 

श्रेष्ठको दशौँ पुण्य तिथिका दिन सोमवार नारायणगढमा नेपाली काँग्रेस चितवनले आयोजना गरेको  शोकसभामा बोल्दै नेता पौडेलले लोकतन्त्रका लागि अनुकरणीय मैयाँदेवी सादा जीवन र उच्च विचारकी धनी भएकी धारणा राख्नुभयो ।

क्लाईमेट चेन्जका कारण वातावरणमा परेको प्रभावका कारण मनुष्य जीवनमै सङ्कट आउन लागेका बेला यसलाई न्यूनीकरणमा सहयोग गर्नेगरी मैयाँदेवी हरियाली पार्क बनाउन उहाँको सुझाव छ । हरियाली पार्क बनाएर मैयाँदेवीलाई चिरस्थायी बनाउनुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले मैयाँदेवीले दिन मात्रै जानेको बताउनुहुँदै उहाँको देहावसानले पार्टी र सिङ्गो समाजलाई क्षति पुगेको धारणा राख्नुभयो । उहाँले लोकतन्त्रको मूल्य मान्यताभन्दा बाहिर कोही पनि जान नसक्ने धारणा राख्दै अहिलेकै संविधान मिचेर भन्दा पनि संरक्षण गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

Author

वसन्त पराजुली