काठमाडौं, कात्तिक १३ गते । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजन लिग खेल्ने मौका पाउनुभएको छ । एन्जिलालाई भारतको आई लिग क्लब सेथु एफसीले अनुबन्ध गरेसँगै उहाँको आई लिग खेल्ने सपना पूरा भएको हो ।
एन्जिला र सेथु एफसीबीच शुक्रबार औपचारिक रूपमा अनुबन्ध सम्झौता भएको हो । सम्झौता अनुसार एन्जिलाले सेथुमा यस सिजन नौ महिना खेल्नुहुनेछ । सम्झौता रकम बारे उल्लेख गरिएको छैन । यसअघि सेथुबाट राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्री भण्डारी र मिडफिल्डर अनिता बस्नेतले पनि खेलिसक्नुभएको छ ।